काठमाडौं २४ कार्तिक : १२ औँ राष्ट्रिय जनगणना भोलि (बिहीबार) देखि सुरु हुँदै छ । त्यसको सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । भोलिदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र भोलिदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।
सो क्रममा देशभर ४० हजार गणक परिचालन हुनेछन् भने आठ हजार ५०० सुपरिवेक्षक सहभागी हुनेछन् । विभागले ती सबैलाई तालिम दिने काम सम्पन्न गरिसकेको छ ।
पहिलोपटक सामुदायिक प्रश्नावली पनि समावेश गरिएको र यो कार्यले वडा तहको तथ्यांक पनि संकलन हुने उनले बताए ।
जनगणनाका ८० वटा प्रश्न छन् । स्थानीय तहबाट पनि तथ्यांकको धेरै माग भएकाले प्रश्न धेरै भएको उनले स्पष्ट पारे ।
यसैबीच, राष्ट्रिय जनगणनाका लागि बाँकेमा ६ सयबढी गणक खटाइदैछ । कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनाका लागि बाँकेमा ६ सय १७ गणक खटाइनेछ । यसका लागि बाँकेका सबै गणकलाई जनगणनामा भरिने फारम सम्बन्धि तालिम समेत प्रदान गरिएकोछ ।
जिल्लाका ८ वटै पालिकामा १५ दिन लगाएर उनीहरुले जनगणना गर्ने तथ्याङ्क कार्यालय बाँकेका प्रमुख बेदप्रसाद ढकालले जानकारी दिए । मंसिर ९ गतेलाई भने सरकारले जनगणनाको मुख्य दिनका रूपमा लिएको छ ।
संघीयतापछि पहिलो पटक गर्न लागिएको जनगणनालाई पूर्ण बनाउने प्रयास थालिएको छ । आमनागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक विविधताको चित्रण गर्नको लागि प्राय सबै पक्षका प्रश्न समेटिएको तथ्याङ्क कार्यालय बाँकेका प्रमुख ढकालले बताए ।
यसपटक विभिन्न प्रकृतिका ५५ वटा प्रश्नहरु जनगणना फारममा राखिएको छ । प्रत्येक दश–दश वर्षमा गरिने जनगणना यसअघि २०६८ सालमा गरिएको थियो । यसअघि जेठ २५ देखि असार ८ गतेसम्म जनगणना गरिने तयारी गरिएको थियो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही