भन्सार अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा दायर


भन्सार अधिकृतसहित दश जनाबिरुद्ध मुद्दा दायर

नेपालगन्ज: नेपालगन्ज भन्सार कार्यालयका दुई अधिकृत सहित दश जना विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालगन्जका दुई भन्सार अधिकृत सहित दशजनाविरुद्ध आईतबार विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो ।

नेपालगन्ज भन्सार कार्यालयका २ अधिकृतसहित ४ कर्मचारी तथा ५ जना व्यवसायी र एक भन्सार एजेण्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रज्ञापनपत्रबाट सामान पैठारी गरी राजस्व छली गरेको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्तीमा उल्लेखछ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाण्डौका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आईतबार जारी प्रेस विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएकोछ ।

आयोगको विज्ञप्तीमा उल्लेख भएअनुसार ‘नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाष प्रसाद श्रेष्ठ, भन्सार अधिकृत बटुककृष्ण अधिकारी र जाँचकी बसन्त कुमार अधिकारी तथा राजश्व अनुसन्धान विभागका नासु देविबहादुर थापाबिरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा आईतबार मुद्दा दायर गरेको हो ।’

भन्सारका तीन कर्मचारीबिरुद्ध भन्सार एजेण्ट र व्यवसायीसँग मिलेमतो गरी नक्कली प्रज्ञापनपत्रमार्फत सामान आयात गरेर भन्सार महसुल तथा राजश्व छली गरेको आयोगले अभियोग लगाएको छ । त्यस्तै राजश्व अनुसन्धान विभागका नासु थापाबिरुद्ध अनुगमनका क्रममा बदनियतसाथ नेपाल सरकारलाई हानीनोक्सानी हुनेगरी भन्सार महसुल छली गराउन सहयोग पु¥याएको भन्दै अभियोग लगाएको प्रेस विज्ञप्तीमा उल्लेखछ ।

Kanti Aarogya Hospital Nepalgunj

आयोगबाट जारी विज्ञप्तीमा भन्सार एजेण्ट दिनेश कुमार बानियाँ, वनवोरी माता ट्रेडर्सका सञ्चालक रविन्द्र गुप्ता, वनवोरी माता ट्रेडर्सका लागि काम गर्ने वीरेन्द्र गुप्ता, हिमालयन कार्गोको संचालिका मधुकुमारी चौधरी, हिमालयन कार्गोको लागि काम गर्ने विनोद कुमार गुप्ता र राहुल कुमार गुप्ताबिरुद्ध पनि भन्सार महसुल छलीको अभियोगमा मुद्दा दर्ता गरिएकोछ ।

नेपालगन्ज भन्सार कार्यालयबाट वनवोरी माता ट्रेडर्सको स्किम्ड मिल्क पाउडर ४ सय ब्याग सामान उल्लेख गरी मिति २०७५।०२।२४ मा जारी भएको झुट्टा प्रज्ञापनपत्र नं. १५३१५ का आधारमा मिति २०७५।२।२४ गते ना ६ ख ५८५९ र ना ७ ख १७ नम्बरका मालबाहक ट्रकबाट भन्सार महसुल तथा राजस्व छली गरी ल्याइएका मालबस्तुहरु र प्रज्ञापन पत्रमा उल्लेख नभएको घिउसमेत गरी बदनियतकासाथ सामान धनीसँगको मिलेमतोमा २० लाख २४ हजार १ सय ४१ रुपैयाँ बराबरको भन्सार महसुल राजश्व छली तथा चुहावट भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

उनीहरुबाट जनही बिगो बीस लाख चौविस हजार एक सय एकचालिस रुपैयाँ कायम गरि हदैसम्मको दैद जरिवाना र बिगो जफत गर्न भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो । पछिल्लोपटक नेपालगन्जमा ठूलो संख्यामा एउटै कार्यालयका कर्मचारीलाई आयोगले मुद्दा दायर गरेको यो पहिलो घटना हो ।