नेपाली काँग्रेस १४ औं महाधिवेशन

भट्टराईको संयोजकत्वमा परिचालन समिति गठन

२६ गते उम्मेदवारी दर्ता गरिने


भट्टराईको संयोजकत्वमा परिचालन समिति गठन

नेपालगन्ज २४ कार्तिक : बाँकेमा नेपाली काँग्रेसको वडादेखी जिल्ला तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईको संयोजकत्वमा रहेको समितिको सह–संयोजकमा सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाही तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवाली, नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादव (निर्वाचन ब्यवस्थापक), नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली (प्रवक्ता), नेपाल प्राध्यापक संघका अध्यक्ष अशोक बस्नेत रहेकाछन् ।

यस्तै सदस्यमा शिक्षक संघ बाँकेका उपाध्यक्ष पुष्पा ज्ञवाली, संघका सचिव ऋषिराज शर्मा, अधिवक्ता प्रभाकर भट्टराई(सचिव) र अधिवक्ता मेहरसिंह खत्रीलाई आर्थिक ब्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

यही कार्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन सम्पन्न गर्नका लागि कात्तिक २६ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । त्यसअघि यही कार्तिक २५ गते ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि नेपालगन्जमा एक दिने अभिमुखिकरण कार्यक्रम गरिने निर्वाचन परिचालन समितिका सदस्य एवम् डिएलए बाँकेका अध्यक्ष इश्वरीप्रसाद ज्ञवालीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनका अनुसार बिहान ११ बजे पहिलो चरणमा नरैनापुर, राप्ती सोनारी, बैजनाथ, डुडुवा र खजुरा गाउँपालिकाका विभिन्न वडामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिनेछ, भने सोही दिन दिउँसो २ बजे नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिनेछ ।

निर्वाचन समितिका अनुसार यही कार्तिक २७ गते बाँकेका ८१ वटै वडामा निर्वाचन सम्पन्न हुनेछन् । यस्तै कार्तिक ३० गते गाउँपालिका÷नगरपालिका तह, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र तथा महाधिवेशन र महासमिति सदस्यको निर्वाचन र मंसिर १० गते जिल्ला तहको निर्वाचन सम्पन्न हुनेछन् ।