सचिवालयमा लगाइएको ताला खोल्दै ।
नेपालगन्ज २५ कार्तिकः क्रियाशिल सदस्यताको विषयमा असन्तुष्ट समुहले नेपाली कांग्रेस बाँकेस्थित निर्वाचन समितिको सचिवालयमा लगाएको ताला खोलेको छ । असन्तुष्ट समुहले बिहीबार अपरान्ह सवा ५ बजेतिर ताला खोलेको हो ।
वडा तहको निर्वाचन सम्बन्धी काम गरिरहेको अवस्थामा असन्तुष्ट समुहमा रहेका नेता, कार्यकर्ताले बुधबार तालाबन्दी गरेका थिए ।
नयाँ थप भएर आउने भनिएका २ सय ३९ जनाको क्रियाशिल सदस्यता नपठाउने कुरामा केन्द्रबाट प्रतिबद्धता आएपछि ताला खोलिएको असन्तुष्ट समुहका नेता तथा क्षेत्र नम्बर– १ का सचिव डिल्ली गिरीले बताए । तालाबन्दीका कारण बिहीबार हुने भनिएको अभिमुखीकरण स्थगित भइसकेको छ ।
क्रियाशिल सदस्यता विवादका कारण यसअघि बाँकेको अधिवेशन रोकिएको थियो । क्रियाशिल सदस्यता नविकरणका नाममा फर्जी सदस्यता थपिएको असन्तुष्ट पक्षको आरोप थियो । तर, जिल्ला निर्वाचन समितिको सचिवालयमा भने ती नामहरु आएका थिएनन ।
बाँकेमा काँग्रेसको निर्वाचन माहोल तात्तिरहेका बेला क्रियाशिल सदस्यताको विवाद पुनः बल्झिएपछि असन्तुष्ट पक्षले हिजो बुधबार बेलुका नेपाली काँग्रेस बाँकेको कार्यालय र निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए ।
वडा तहको निर्वाचन सम्बन्धी काम गरिरहेको अवस्थामा निर्वाचन समितिका पदाधिकारीलाई बाहिर निकालेर काँग्रेस नेता, कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
क्रियाशिल सदस्यताता नविकरणका नाममा फर्जी सदस्यता थपिएको असन्तुष्ट पक्षको आरोप छ । तर, जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा थप भएका भनिएका ती नामहरु आधिकारिक रुपमा नआएको पाइएको छ ।
निर्वाचन अधिकृत रेवती रमण भट्टराईले नयाँ थप भएका भनिएका २ सय ३९ जनाको नामबारे आफुलाई जानकारी समेत नभएको बताएका छन् ।
यो पनि पढ्नुहोस्
काँग्रेस बाँके पार्टी कार्यालय र निर्वाचन कार्यालयमा तालाबन्दी