नेपालगन्ज २५ कार्तिक : १२ औं राष्ट्रिय जनगणना देशभर बिहीबारदेखि शुरु भएको छ । यसका लागि देशभर ४० हजार गणक प्रश्नहरुको सूची बोकेर घरघरमा पुग्न थालेका छन् ।
जनगणनामा व्यक्तिगत तथा पारिवारिक विवरण संकलनका लागि ८० वटा प्रश्नसहितको प्रश्नावली बनाइएको छ । यी प्रश्नबाट नेपालको ग्रामीण र शहरी भेगमा बसोबास गर्ने जनसंख्या, उनीहरुको रोजगारीको स्थिति, वित्तीय पहुँच, उमेर आम्दानीको स्थिति, शैक्षिक अवस्था, बसाइसराइको दर लगायतका तथ्यांक संकलन गरिन्छ ।
कार्तिक २५ देखि मंसिर ९ गतेसम्म (१५ दिनसम्म) यही प्रश्नावली लिएर गणकहरु घरघर गइरहेकाछन् । जनगणनाका लागि सोधिएको प्रश्नावली भर्न गणकलाई औसत २० मिनेट लाग्ने केन्द्रीय तथ्यांक विभागको भनाइ छ । कुनै परिवारमा १० मिनेटमै सकिने र कुनै परिवारमा ३० मिनेटसम्म लाग्ने अनुमान गरेर औसतमा २० मिनेट समय लाग्ने भनिएको छ ।
जनगणनाका लागि देशभर ८७ वटा जिल्ला जनगणना कार्यालय र ३४९ वटा जनगणना कार्यालय स्थापना गरिएको छ । धेरै जनसंख्या भएका जिल्लामा एक भन्दा बढी कार्यालय राखिएका छन् ।
काठमाडौंमा ५, झापा, मोरङ, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीमा २÷२ वटा कार्यालय स्थापना गरिएका छन् । एक जना गणकले दैनिक १२ वटा घरमा जनगणना सक्ने अनुमान गरिएको छ । १५ दिनको अवधिमा एक जना गणकले औसतः १७५ परिवारको गणना गर्नेछन् ।
यसैबीच, ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित जनगणना कार्यालय बाँकेले नेपालगन्जमा सचेतनामुलक प्रभात फेरी गरेकोछ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न प्रभातफेरी बीपीचोकबाट शुरुभइ नगर परिक्रमा गरी धम्बोझी चोकमा समापन गरिएको थियो ।
सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी केसीले प्रत्यक १०/१० वर्षमा हुने जनगणनामा कोही पनि नछुट्नको लागि गणनामा खट्ने गणक र सुपरिवेक्षकलाई जिम्मेवार भएर खट्न निर्देशन दिए ।
जिल्ला जनगणना कार्यालय बाँकेका प्रमुख बेदप्रसाद ढकालले बाँकेका ८ वटै पालिकामा अनुमानित एक लाख ३२ हजार घरधुरीसम्म पुग्नको लागि ६ सय २७ गणक र एक सय ४२ सुपरिवेक्षक खटाईएको बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही