नेपालगन्ज २५ कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियशनले आज (शुक्रबार) सर्वोच्च प्रवेशमा प्रधानन्यायाधीशलाई रोक्न सकेन ।
बारको आह्वानमा कानून व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर, प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट सुटुक्क अदालत प्रवेश गरेका थिए ।
सर्वोच्च र नेपाल बार एसोसिएशसन परिसरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाबीच जबरा मूल गेट छल्दै अर्को गेटबाट कार्यालय छिरेका हुन् ।
बारका पदाधिकारीसहितका वकिलहरूले सर्वोच्चमा छिर्न नदिने भन्दै जबराविरुद्ध नाराबाजी गरिरहेका बेला जबराले अर्को उपाय अपनाएर कडा सुरक्षाबीच सर्वोच्च प्रवेश गरेर नियमित काम समेत गरे । सामान्य अवस्थामा बन्द हुने उक्त ढोकाको प्रयोग गर्दै जबरा भित्र छिरेपछि केही बेर तनाव भएको थियो ।
मूल गेटमा बसेका वकिलहरूले जबरा अर्को ढोकाबाट छिर्ने थाहा पाएपछि वकिलहरू आउन खोजेका थिए । तर, उनीहरुलाई प्रहरीले रोकिदिए । यद्यपि वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध बिहीबार जस्तै चर्का नारा लगाइरहेका छन् ।
यसैबीच, आन्दोलनरत नेपाल बार एशोसियशनले आईतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ ।
धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आईतबार पनि धर्ना दिने बताए ।
आफूहरु सडकमा जान नचाहेको, तर सर्वोच्च प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर गेट बन्द गरेका कारण सडकमा धर्ना दिनुपरेको उनले बताए । आईतबार नेपाल बारतर्फको सानो गेट बन्द नगर्न आग्रह गर्दै उनले भने, ‘हामी सर्वोच्च अदालतको प्रांगणमा धर्ना दिन्छौं ।’
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति