अम्बेले पायो भि–वनको आधिकारिक मान्यता

अन्तर्राष्ट्रिय ख्याती प्राप्त ब्राण्ड अम्बेबाट विक्री गर्न पाइएपछि अम्बेको परिचय थप गर्विलो भएकोछ : सञ्चालक पंकज


अम्बेले पायो भि–वनको आधिकारिक मान्यता

नेपालगन्ज २६ कार्तिक : पश्चिम नेपालमा विगत २० वर्षदेखि फर्निचरको क्षेत्रमा वर्चश्व कायम गर्दै आएको अम्बे फर्निसिङले अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भि– वन अर्गानोमिक्सको कुर्सी विक्री वितरण सुरु गरेकोछ ।

काठमाण्डौं बाहिर नेपालगन्जबाट पश्चिम नेपालमा फर्निचर विक्रीको हिसाबले पहिलो स्थानमा रहेको भन्दै अम्बे फर्निसिङलाई भि–वन अर्गानोमिक्स विक्री वितरणको मान्यता दिइएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय भि–वन अर्गानोमिक्सका कुर्सी विक्रि वितरणका लागि मान्यता पाएपछि थप उत्साहित बनेको अम्बे फर्निसिङ नेपालगन्जका सञ्चालक पंकज श्रेष्ठले बताए । उनले भने–‘अन्तर्राष्ट्रियस्तरमै लोकप्रिय भि–वन अर्गानोमिक्सका कुर्सी अब अम्बे फर्निसिङबाट विक्री हुनेछ । यसका लागि राजधानी लगायतका क्षेत्र धाउने झण्झट हटेर गयो ।’

भि–वन अर्गानोमिक्सले अम्बेमाथि विश्वास गरेर दिएको आधिकारिक विक्रेताको मान्यताले कारोबार थप बढ्ने अम्बे फर्निसिङका सञ्चालक पंकजको अनुमानछ । उनले भने–‘अन्तर्राष्ट्रिय ख्याती प्राप्त ब्राण्ड अम्बेबाट विक्री गर्न पाइएपछि अम्बेको परिचय थप गर्विलो भएकोछ ।’

Kanti Aarogya Hospital Nepalgunj

भि–वोन कम्पनीले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि भि–वोनको आधिकारिक विक्रेताका बारेमा जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा बोल्दै भि–वोनका कन्ट्री प्रवन्धक प्रविण श्रीबास्तवले भारतको पुणेमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको अर्गानोमिक्स कुर्सी खास गरी लामो समयसम्म बसेर काम गर्ने कामकाजीका लागि उपयुक्त हुने दाबी गरे ।

उनले भने–‘यो लामो समय एकै स्थानमा बसेर काम गर्नेका लागि अत्यन्तै उपयोगी हुने गरी निर्माण गरिएको छ । यसको प्रयोगले ढाड दुख्ने समस्या निराकरण हुने विश्वास छ ।’ उनले नेपालमा ३२ वटा डिलरबाट यसको विक्रिवितरण शुरु भएको बताए ।

उनले नेपालमा १७–१८ मोडल विक्रिको लागि उपलब्ध रहेको जानकारी दिदैँ कुर्सीको सुरुवाती मूल्य ७ हजार ८ सयदेखि १ लाख २९ हजारसम्म रहेको बताए ।

यो कुर्सी आरामदायी, स्वास्थ्यप्रद्धक, बलियो तथा टिकाउपूर्ण रहेको बताउँदै उनले भने दुई वर्षसम्म रिप्लेसमन्ट वारेन्टीसहित विक्री भइरहेकोछ ।

अम्बे फर्निसिङ्गका प्राबिधिक ईञ्जिनियर विवेक लामिछानेले स्वास्थ्यका हिसाबले अन्य ब्राण्डका कुर्सी भन्दा भि–वोन ब्राण्डको कुर्सी निकै आरमदायी र आर्कषक डिजाइनले उपभोक्ता प्रभावित बन्ने बताए ।