नेपालगन्ज २७ कार्तिक : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ६० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जिल्लाका ८ स्थानीय तहका ८१ वटा वडामध्ये शनिबार साँझसम्म ६० प्रतिशत वडामा सर्वसम्मत वडा समिति चयन भएको निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) एवम् नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले जानकारी दिए ।
निर्वाचन परिचालन समितिका प्रवक्ता ओलीले बाँकेका ४० प्रतिशत वडामा निर्वाचन गर्नुपर्ने अवस्था देखिएको बताए ।
वडामा खटिएका निर्वाचन अधिकृतहरुलाई आईतबार बिहानसम्म विवरण बुझाउने समय दिइएकोले त्यसपछि मात्रै संख्या यकिन हुने उनले बताए । आईतबार अधिकांश वडामा क्षेत्रीय प्रतिनिधिका लागि मात्रै निर्वाचन हुने आँकलन गरिएको छ ।