नेपाली काँग्रेस १४ औं महाधिवेशन

बाँकेका ५२ वडा निर्विरोध, निर्वाचन कार्यक्रम शान्तिपूर्ण


बाँकेका ५२ वडा निर्विरोध, निर्वाचन कार्यक्रम शान्तिपूर्ण

नेपालगन्ज २७ कार्तिक : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८१ मध्ये ५२ वटा वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध निर्वाचित गरिएको छ । शनिबार सुरु भएको निर्वाचन कार्यक्रममार्फत करिब ६० प्रतिशत वडामा निर्विरोध निर्वाचित गरिएको होे ।

जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये १७ वटामा निर्विरोध चयन गरिएको छ ।

जस अनुुसार वडा नम्बर ११, ७, ३, २२, २१, ४, ५, ८, १०, १२, १५, १६, १७, १८, १९, २० र २३ मा निर्विरोध भएको छ । जसमा क्रमश ऋचा द्विवेदी, नवीन कुमार भट्ट, मेहबुब अली अन्सारी, विद्याराम कुर्मी, सतिश सोनी, ज्ञानेन्द्रसिंह सिजापति, मेराज अहमद हलवाई, निजामुद्दिन सिद्दिकी, बिन्दुभुषण बस्नेत, रामु चिडिमार, जाविर शेष, नइम दर्जी, रामकुमार यादव, जगदिश कुर्मी, जंगलीसिंह बढई, जोगेन्द्र यादव र सौगात शेष निर्विरोध चयन भएकाछन् ।

नरैनापुर गाउँपालिकाको ६ वटा वडामध्ये ४ वटामा निर्विरोध भएको छ । जस अनुसार वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको हो । जसमा क्रमश नियाज अहमद अन्सारी, सलाउद्दिन खान, हरिराम शर्मा र मुनब्बर अली मुकेरी निर्विरोध चयन भएकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पुर्ण रुपमा निर्विरोध भएको छ, भने वडा नम्बर ६ मा वडासभापति बाहेक अन्य सबै पदमा निर्विरोध भएको छ । जसमा वडासभापति तर्फ रामतिरथ यादव र महंगु मनिहार निर्विरोध भएकाछन् ।

खजुरा गाउँपालिकाको ८ वटा मध्ये ६ वटा वडामा निर्विरोध भएको छ । खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको हो । जसअन्र्तगत हस्तबहादुर शाही, अमर रावत, विष्णु बर्मा, घुरे खाँ, सलाउद्दिन खाँ र अनुवारुल हक खाँ निर्विरोध भएकाछन् ।

डुडुवा गाउँपालिकाको १ देखी ६ सम्मका पुरै वडामा निर्विरोध भएको छ । जसअन्र्तगत क्रमश जनमति चौधरी, रामकुमार गोडिया, छोटेलाल बर्मा कुर्मी, हरि बहादुर रेउले, रतन चलाउने र बाबुलाल यादव निर्विरोध चयन भएकाछन् ।

राप्ती सोनारीको ९ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । राप्ती सोनारीको वडा नम्बर १, ३, ५, ७ र ९ मा निर्विरोध भएको हो । जसअन्तर्गत क्रमश मोहनराज डाँगी, ३ शंकर महतरा, बालकृष्ण थारु, दशरथ कुर्मी र पूर्ण बहादुर ओली निर्विरोध भएकाछन् ।

कोहलपुर नगरपालिकाको १५ वटा वडामध्ये ५ वटामा निर्विरोध भएको छ । कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो । जसअनुसार क्रमश भोजेन्द्र रेग्मी,४ महेन्द्र थापा, पतिराम थारु, मानबहादुर आरसी र दिपेन्द्र चौधरी निर्विरोध भएकाछन् ।

बैजनाथ गाउँपालिकामा रहेका ८ वटा वडामध्ये ७ वटामा निर्विरोध भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध भएको निर्वाचन परिचालन समितिका सदस्य यादवले जानकारी दिए ।
जसअनुसार क्रमश नन्दवीर शाही, नेत्र बहादुर थापा, भुमीसरा राना, सुरेश चन्द, रामनाथ योगी, कमानसिंह सुनार र धनीराम थारु निर्विरोध भएकाछन् ।

जिल्लाभरी नै निर्वाचन कार्यक्रम शान्तिपूर्ण रुपमा भएको जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीले बताए ।

शनिबार करिव ६० प्रतिशत वडामा निर्विरोध रुपमा कार्यसमिति र क्षेत्रीय प्रतिनिधी चयन भइसकेको उनले जानकारी दिए । निर्विरोध हुन नसकेका बाँकी २९ वटा वडामा भोली (आईतबार) मतदान हुने शाहीको भनाइ छ । निर्वाचन परिचालन समितिका अनुसार बिहान ९ बजेदेखी दिउँसो ४ बजेसम्म मतदान चल्नेछ । मतदान पश्चात गणना तथा मत परिणाम घोषणा गरिनेछ ।

बाँकेको वडादेखी जिल्ला तहसम्मको संशोधित निर्वाचन तालिका अनुसार कार्तिक २८ गते वडा, मंसिर १ गते गाउँपालिका र नगरपालिका, मंसिर ४ गते प्रदेश सभा, मंसिर ७ गते क्षेत्र र मंसिर ११ गते जिल्लाको निर्वाचन हुनेछ ।