प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न बार फेरि असफल


प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न बार फेरि असफल

नेपालगन्ज २७ कार्तिक : आन्दोलनरत कानून व्यवसायीहरुको प्रदर्शनका बाबजुद प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ ।

सर्वोच्चको मूल गेटबाट भित्रपट्टि वकिलहरू धर्नामा बसेका छन् । त्यसलाई छल्दै महान्यायाधिवक्ताको कार्यालयसँगै रहेको अर्को गेटबाट प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेका हुन् । सर्वोच्चका कर्मचारीहरू पनि सोही गेटबाट भित्र प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीश आउँदा अगाडि–पछाडि सुरक्षाकर्मीको गाडी भए पनि साइरन बजाइएको थिएन ।

आन्दोलनरत कानून व्यवसायीहरूले सर्वोच्चको मूल गेट ‘कब्जा’ गरे पनि वैकल्पिक गेटमा भने कुनै अवरोध गरिएको छैन । वकिलहरूको आन्दोलनलाई ध्यानमा राख्दै सर्वोच्च परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

गएको शुक्रबार सर्वोच्चको मूल गेटबाहिर धर्नामा बसेका उनीहरूले त्यसदिन पनि सर्वोच्च प्रवेशमा प्रधानन्यायाधीशलाई रोक्ने प्रयास गरेका थिए । तर, उनीहरुको यो योजना फेल भयो । आज जसरी प्रधानन्यायाधीशले शुक्रबार पनि वैकल्पिक गेट प्रयो गरेर सर्वोच्च प्रवेश गरेका थिए ।