गुलरिया (बर्दिया) २८ कार्तिक : बर्दियाको बारबर्दिया स्थित औरीमा श्रीमद्भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति बर्दियाको आयोजनामा बारबर्दिया नगरपालिका वडा नम्बर– ८ औरीमा रहेको श्रीराधा कृष्ण मन्दिर तथा श्रीरामकृष्ण बुद्धाश्रम ‘पाँच धाम’ मा हिजोबाट शुरु भएको महायज्ञ आगामी मंसिर ३ गतेसम्म चल्नेछ ।
श्रीमत्तारतम सागरको १० पाठ पारायण एंव श्रीमद्भागवत धन धान्याचल सप्ताह कार्यक्रमका संयोजक तथा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रिय उपाध्यक्ष नगेन्द्र बहादुर खड्काका अनुसार उक्त महायज्ञमा प्रमुख प्रवचन प्रवत्ता पं.श्रीकृष्णप्रसाद सापकोटा (रौतहट) र भागवताचार्य पं.श्री कलाधर गौली रहेका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा पुर्वसिचाई मन्त्री एव सांसद सञ्जय गौतमले धार्मिक गतिविधिले मनको शान्ति प्राप्त हुने बताए । उनले भने यस्ता खालका क्रियाकलापले लोप हुन लागेको धर्म सँस्कृतिको संरक्षण गर्नमा टेवा पुग्नुका साथै धार्मिक गतिविधि बढ्नेमा विश्वास व्यक्त गरे ।
सप्ताह कार्यक्रम गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमका संयोजक नगेन्द्रबहादुर खडकाले सो सप्ताहबाट उठेको रकमले राधा कृष्ण मन्दिर तथा श्रीरामकृष्ण बृद्धाश्रम ‘पाँचधाम’को थप व्यवस्थापन र विद्यालयलाई सहयोग गरिने बताए । सो अवसरमा उनले सम्पुर्ण भक्तालुहरुलाई महायज्ञमा आउन आग्रह गरे ।
श्रीमद्भागवत धन धान्याचल सप्ताह ज्ञान महायज्ञमा प्रत्येक दिन विहान ६ बजेदेखि ७ बजेसम्म मंगल आरती, ७ बजे पारायण आरम्भ, विहान १० बजेदेखि १२ बजेसम्म वाणी चर्चा प्रवचन, अपरान्ह १ बजेदेखि ४ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन, बेलुकी ५ बजेदेखि ६ बजेसम्म सन्ध्याकालिन आरती र राती ८ बजेदेखि १० बजेसम्म भजन किर्तन तथा साँस्कृतिक कार्यक्रम राखिएको संयोजक खडकाले जानकारी दिए । यस्तै ज्ञान महायज्ञमा तुला दान र दीक्षा मन्त्र ग्रहण पनि गर्न सकिनेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही