नेपालगन्ज २८ कार्तिक : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा निर्विरोध निर्वाचित हुन नसकेका वडामा आज (आईतबार) शान्तिपुर्ण रुपमा मतदान कार्यक्रम सुरु भएको छ ।
निर्वाचन कार्यक्रम अन्तरगत शनिबार बाँकेका ८१ मध्ये ५२ वटा वडामा निर्विरोध भएको थियो । ती वडामा वडा कार्य समिति, क्षेत्रीय प्रतिनिधीका लागि मतदान सुरु भएको सहायक जिल्ला निर्वाचन अधिकृत(अधिवक्ता) चित्रबहादुर शाहीले जानकारी दिए ।
जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको नेतृत्वमा समितिका सदस्य तथा डिएलए बाँकेका अध्यक्ष (अधिवक्ता) ईश्वरीप्रसाद ज्ञवाली, समितिका सदस्य एवम नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव, समितिका सदस्य(प्रवक्ता) एवम नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, निर्वाचन समितिका सदस्य एवम शिक्षक संघका सचिव ऋषिराज शर्मा बिहानैदेखि कोहलपुरका विभिन्न वडा, राप्ती सोनारीको २ र ८ तथा बैजनाथ, नेपालगन्ज लगायत स्थानको अनुगमनमा खटिनु भएको छ ।
जिल्ला निर्वाचन परिचालन समितिका सदस्य तथा वरिष्ठ अधिवक्ता भोलासिङ हमालको नेतृत्वमा अधिवक्ताद्वय प्रेम शर्मा, गोपाल गिरी लगायत नरैनापुर गाउँपालिका सहित र राप्ती सोनारीको वडा नम्बर–६ को अनुगमनमा खटिनु भएको छ ।
निर्वाचन कार्यक्रम अन्तरगत मतदान शान्तिपुर्ण रुपमा सुरु भइसकेको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए । प्राबिधिक रुपमा कुनै समस्या नआए मंसिर १ गते हुने ‘गाउँपालिका÷ नगरपालिका’ स्तरीय निर्वाचन कार्यक्रमका लागि कार्तिक ३० नै उम्मेदवारी मनोनयन हुने उनले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी