नेपाली काँग्रेस १४ औं महाधिवेशन

महाधिवेशन उद्घाटनको भोलिपल्टै मतदान गरिने


महाधिवेशन उद्घाटनको भोलिपल्टै मतदान गरिने

नेपालगन्ज २८ कार्तिक : प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न १४ औं महाधिवेशन उद्घाटनको भोलिपल्टै मतदान गर्ने तयारी गरेको छ । काँग्रेसले आगामी मंसिर २४ गते महाधिवेशनको उद्घााटन गरेर २५ गते नै मतदान गर्ने तयारी गरेको हो ।

काँग्रेसको विधान र नीतिबारे पछि छुट्टै भेला गर्ने तर, यसपटक महाधिवेशन नलम्ब्याउने काँग्रेसले तयारी गरेकोछ । महाधिवेशनका लागि नेपाली काँग्रेसले सातैवटा प्रदेशका संयोजक समेत तोकेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

जसका लागि प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह र गण्डकीमा गोपालमान श्रेष्ठले संयोजन गर्नेछन् । यस्तै, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र प्रसाद बडूलाई संयोजक तोकिएकोछ ।

यस्तै, आवास तथा भौतिक व्यवस्थापन संयोजनको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई शीर्ष तहमा सहमति भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले सभापति शेबहादुर देउवानिवास बूढानीलकण्ठमा बसिरहेको छ ।
काँग्रेसले १४ औं महाधिवेशनको मिति (२४–२६ मंसिर) यसअघि नै तय गरिसकेको छ ।