नेपालगन्ज ३० कार्तिक : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत न्यायाधीशहरुमध्ये ४ जना नियमित इजलासमा फर्किएका छन् ।
कार्तिक ८ गतेदेखि आन्दोलित न्यायाधीशहरुमध्ये ४ जना २२ दिनपछि इजलास फर्किएका हुन् । योसंगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ सुरु भएको छ ।
नियमित इजलासमा फर्किएसंगै न्यायाधीशहरु तेजबहादुर केसी र कुमार रेग्मी तथा वमकुमार श्रेष्ठ र मनोज शर्माले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ गरेका हुन् ।
यसअघि वन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट त्यसबाहेकको मुद्दा पनि सुनुवाइ गरेका हुन् ।
प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलनबारे थप रणनीति बनाउन सोमबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग आयोजित छलफल बहिष्कार गरेका ४ जना न्यायाधीशहरु नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किएका हुन् ।
न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडाल सोमबार र मंगलबार बारसँगको छलफलमा सहभागी भएका थिएनन् ।
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति