सहमति नभएपछि ४ वटा पालिकामा मतादन हुने
नेपालगन्ज १ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ८ वटै स्थानीय तह (गाउँपालिका÷नगरपालिका) बुधबार (आज) उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेपालगन्ज उपमहानगरपालिका सभापति पदमा तीन जना, दुई जनाको उप–सभापति पदमा ६ जना, २ सचिव पदमा ५ जना र २ सह–सचिव पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए ।
उनका अनुसार सदस्य पदमा ५९ जनाको उम्मेदवारी दर्ता भएको छ । सभापतिसहित पदाधिकारी पदमा निर्वाचन भएपनि सदस्यमा सर्वसम्मत हुने उनले बताए । नेपालगन्जस्थित जिल्ला समन्वय समितिको सभा हलमा बिहीबार(भोली) बिहान ९ः३० बजेदेखी ३ बजेसम्म मतदान सम्पन्न हुनेछ ।
यस्तै कोहलपुर नगर सभापति पदमा २ जना, उप–सभापतिमा ४ जना, सचिवमा ४ र सह–सचिव पदका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ । बाँकी सबै सदस्य पदमा पनि उम्मेदवारी परेको मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । मतदान बिहीबार बिहान निर्धारित समयमै सुरु हुने उनले बताए ।
राप्ती सोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । खुल्ला सदस्य १८(पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको उनले बताए । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बिहीबार (भोली)का लागि मतदानको तयारी गरिएको मतदान अधिकृत शर्माले जानकारी दिए । उनका अनुसार बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।
बैजनाथ गाउँपालिकामा सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापतिमा ४, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत गणेशप्रसाद थारुले जानकारी दिए ।
डुडुवा गाउँपालिकामा सभापतिसहित सबै पदमा एक/एक जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ताका क्रममा केही प्राविधिक त्रुटी भएका कारण कार्यसमिति पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न बाँकी रहेको मतदान अधिकृत हरिप्रसाद सुवेदीले जानकारी दिए । डुडुवामा निर्विरोध जस्तै भएको र केही प्राविधिक कुरा मिलाएर बिहीबार(भोली) घोषणा हुने उनले बताए । डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित सबै पदमा एक÷एक जनाको उम्मेदवारी दर्ता भएको छ ।
नरैनापुर गाउँपालिकामा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत गोपाल गिरीका अनुसार नरैनापुर गाउँपालिका सभापतिमा मेराज अहमद खाँ, उपसभापति नितेशसिंह मौर्या र रामबिलाश मौर्य, सचिवमा धर्मेन्द्र यादव र रामचन्द्र यादव, सह–सचिव जगदिशप्रसाद कलवार र मन्नान अहमद अन्सारीसहित ३७ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएको गिरीले जानकारी दिए ।
खजुरा गाउँपालिकामा पनि सभापति सहित कार्यसमिति पदाधिकारी निर्विरोध भएको छ । खजुरा गाउँपालिका सभापतिमा रमेश सिजाली, उपसभापतिमा इरफान अहमद खाँ र भिमबहादुर सुनार, सचिवमा अर्जुनकुमार प्याकुरेल र रामजीप्रसाद पौडेल तथा सहसचिवमा मोहम्मद वकिल खाँ र सरिफ खाँ निर्विरोध निर्वाचित भएको मतदान अधिकृत महारुप जैसीले जानकारी दिए । उक्त गाउँपालिकाको ४४ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित भएको उनले बताए । खजुराबाट प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधी(अपांग)मा गणेशबहादुर बोहरा क्षेत्री निर्विरोध निर्वाचित भएकाछन् ।
जानकी गाउँपालिकामा उपसभापति पद बाहेक अन्य सबैमा निर्विरोध कार्यसमिति पदाधिकारी निर्वाचित भएको छ । मतदान अधिकृत पवन गुप्ताका अनुसार २ जना उपसभापति पदमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सभापति पदमा दयाराम यादव(अहिर), सचिवमा कुलराज जोशी र टिकानाथ यादव तथा सहसचिवमा रत्नबहादुर थापाक्षेत्री र हमिद अलि हल्वाई निर्विरोध निर्वाचित भएका छन् । उक्त पालिकामा १८ जना खुल्ला सदस्य र समावेशीबाट ८ जना सदस्य पनि निर्वाचित भएको मतदान अधिकृत गुप्ताले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी