प्रहरीको लाठी खाएका बार सदस्य महर्जन अस्पताल भर्ना


प्रहरीको लाठी खाएका बार सदस्य महर्जन अस्पताल भर्ना

नेपालगन्ज २ मंसिर : सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोशिएसनका केन्द्रिय सदस्य प्रकाश मर्हजन अस्पताल भर्ना भएकाछन् ।

प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग्दै विरोध प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरू र सुरक्षाकर्मीबीच भएको घम्साघम्सीमा मर्हजन घाइते भएका हुन् । उनलाई थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको बताइएको छ ।

सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानून व्यवसायीले प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो ।

लामोसमयदेखि आन्दोलित कानून व्यवसायीले सुरक्षा घेरा तोडेर सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार जान अटेर गरेपछि प्रहरी र आन्दोलनरतबीच तनाव बढ्दा प्रहरीले लाठी चार्ज समेत गरेको थियो । प्रहरीको लाठी प्रहारपछि महर्जन बेहोस भएका थिए । उनलाई पानी छम्केर बिउँझाइएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जन, वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत एक दर्जन घाइते भएका छन् ।