लाठी प्रहारबाट घाइते बार अध्यक्ष श्रेष्ठ पनि अस्पताल भर्ना


लाठी प्रहारबाट घाइते बार अध्यक्ष श्रेष्ठ पनि अस्पताल भर्ना

नेपालगन्ज २ मंसिर : सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई उपचारका लागि अस्पताल लगिएको छ । उनलाई थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पताल लगिएको बताइएको छ ।

यसअघि, प्रहरीको लाठी प्रहारबाट गम्भीर चोट लागेका बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनलाई पनि उपचारका लागि सोही अस्पताल लगिएको थियो ।

प्रदर्शनमा उत्रिएका कानून व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जनसहित केही वकिलहरू घाइते भएका छन् । त्यसमध्ये श्रेष्ठ र महर्जनलाई गम्भीर चोट लागेको जनाइएको छ ।

सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानून व्यवसायीले प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीले रोकेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

लामोसमयदेखि आन्दोलित कानून व्यवसायीले सुरक्षा घेरा तोडेर सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार जान अटेर गरेपछि प्रहरी र आन्दोलनरतबीच तनाव बढ्दा प्रहरीले लाठी चार्ज समेत गरेको थियो ।

प्रदर्शनमा उत्रिएका कानून व्यवसायीमाथि प्रहरीले लाठीचार्ज गर्दा आज नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बार केन्द्रीय सदस्य महर्जन, वकिलहरू कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरेलगायत एक दर्जन घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायी आन्दोलनरत छन् ।