नेपालगन्ज २ मंसिर : राप्तीसोनारी गाउँपालिकाको निर्वाचनका सम्पूर्ण काम अबरुद्ध भएकोछ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँकेमा आज पालिको निर्वाचन हुदैँछ । तर, राप्तीसोनारीमा दुईपक्षबीच विवाद बढ्न जाँदा निर्वाचन सम्बन्धि कुनैपनि गतिविधि अघि बढ्न सकेको छैन ।
एक पक्षले गाउँपालिकाको सभाहलमा र अर्को पक्षले राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ को भवनमा मतादान सम्बन्धि काम गर्नुपर्ने माग अघि सारेपछि निर्वाचनको काम प्रभावित बनेको हो ।
काँग्रेसको पालिका तहको निर्वाचनका लागि विहानैदेखि सहमति जुटाउने प्रयास भएपनि दुई पक्षले आ–आफ्ना अडान कायम गरि अबरुद्ध गरेपछि मतादनको काम अघि बढ्न नसकेको हो ।
राप्तीसोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । उनले भने –‘खुल्ला सदस्य १८(पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ ।’
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?