दुईपक्षबीच विवाद बढेपछि राप्तीसोनारीमा मतदानका सबै काम अबरुद्ध


दुईपक्षबीच विवाद बढेपछि राप्तीसोनारीमा मतदानका सबै काम अबरुद्ध

नेपालगन्ज २ मंसिर : राप्तीसोनारी गाउँपालिकाको निर्वाचनका सम्पूर्ण काम अबरुद्ध भएकोछ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बाँकेमा आज पालिको निर्वाचन हुदैँछ । तर, राप्तीसोनारीमा दुईपक्षबीच विवाद बढ्न जाँदा निर्वाचन सम्बन्धि कुनैपनि गतिविधि अघि बढ्न सकेको छैन ।

एक पक्षले गाउँपालिकाको सभाहलमा र अर्को पक्षले राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ४ को भवनमा मतादान सम्बन्धि काम गर्नुपर्ने माग अघि सारेपछि निर्वाचनको काम प्रभावित बनेको हो ।

काँग्रेसको पालिका तहको निर्वाचनका लागि विहानैदेखि सहमति जुटाउने प्रयास भएपनि दुई पक्षले आ–आफ्ना अडान कायम गरि अबरुद्ध गरेपछि मतादनको काम अघि बढ्न नसकेको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

राप्तीसोनारी गाउँपालिका सभापति पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको छ । उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । उनले भने –‘खुल्ला सदस्य १८(पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ ।’