नेपालगन्ज २ मंसिर : राप्तीसोनारी गाउँपालिकाको निर्वाचनका काम सुचारु भएकोछ । पालिका सभापतिका दुई जना सशक्त उम्मेदवार भिम बहादुर राना क्षेत्री र तुलाराम खत्रीबीच गाउँपालिका भवनमा मतदान स्थल राख्ने सहमति भएपछि निर्वाचनको काम अघि बढेको हो ।
केही बेर अघिबाट मतदानका काम सुरु भएको मतदान अधिकृत प्रेमप्रसाद शर्माले जानकारी दिए । पूर्व निर्वाचन कार्यतालिका अनुसार बिहीबार विहान ९ बजेदेखि हुने भनिएको मतदानको काम ढिलो सुरु भएकाले आज बेलुका साढे ६ बजेसम्म चल्ने उनले बताए ।
यसअघि बुधबार मनोनयन दर्ता भएको स्थल साइपुरमा मतदान स्थल राख्न खोजेपछि विवाद भएको थियो । विवादका कारण मतदानका सम्पूर्ण काम अबरुद्ध भएको थियो ।
राप्तीसोनारी गाउँपालिका सभापति पदका लागि भिम बहादुर राना क्षेत्री र तुलाराम खत्रीबीच कडा प्रतिस्प्रर्धा भइरहेकोछ । यी दुई पालिका सभापतिका सशसक्त उम्मेदवार हुन् ।
यस्तै उपसभापति पदमा ४ जना, सचिवमा ४ र सहसचिवमा ४ जनाको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत शर्माले जानकारी दिए । उनले भने –‘खुल्ला सदस्य १८(पुरुष)का लागि २८ जना, ९ जना (महिला) सदस्यका लागि ११ जनाको उम्मेदवारी परेको छ ।’
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानले नै समीक्षा मागिसकेको छ : रास्वपा
संविधानको पूर्ण कार्यान्वयन राष्ट्रिय संकल्प हुनुपर्छ : राष्ट्रपति