डुडुवामा क्याम्पस सञ्चालन गरिने


डुडुवामा क्याम्पस सञ्चालन गरिने

डुडुवा (बाँके) २ मसिंर : बाँके डुडुवा गाउँपालिका वडा नम्बर– २ नौरीगौढीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ ।

आज विहीबार एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले गाउँपालिकाले उच्च शिक्षाका लागि पालिकाभित्रै एउटा क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै त्यसका लागि आधारभुत आवश्यकता तथा अध्ययन गरि क्याम्पस स्थापना गरिने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकषर्ण गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँमै क्याम्पस भएमा अध्ययन गर्न सहज हुने भन्दै आफ्ना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गरे ।

डुडुवा गाउँपालिकाद्वारा २४ लाख आर्थिक सहयोगमा निमार्ण भएको तीन कोठे भवन निर्माणपछि बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए । उनले विद्यालयको भौतिक संरचनाको अभावमा पठनपाठनमा रहेको समस्याको अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको बताए ।