डुडुवा (बाँके) २ मसिंर : बाँके डुडुवा गाउँपालिका वडा नम्बर– २ नौरीगौढीस्थित पशुपति माध्यमिक विद्यालयमा नवनिर्मित तीन कोठे भवनको उद्घाटन गरिएको छ ।
आज विहीबार एक कार्यक्रमकाविच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले भवनको उद्घाटन गरेका हुन् । त्यसक्रममा उनले गाउँपालिकाले उच्च शिक्षाका लागि पालिकाभित्रै एउटा क्याम्पस सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराउँदै त्यसका लागि आधारभुत आवश्यकता तथा अध्ययन गरि क्याम्पस स्थापना गरिने बताए ।
अध्यक्ष चौधरीले शिक्षा क्षेत्रमा आकषर्ण गर्न विभिन्न कार्यक्रम तथा योजना ल्याइएकोले यस क्षेत्रका विद्यार्थीहरुलाई गाउँमै क्याम्पस भएमा अध्ययन गर्न सहज हुने भन्दै आफ्ना बालबालिकालाई शिक्षातर्फ अघि बढाउन अभिभावकहरुलाई अनुरोध गरे ।
डुडुवा गाउँपालिकाद्वारा २४ लाख आर्थिक सहयोगमा निमार्ण भएको तीन कोठे भवन निर्माणपछि बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकुमार यादवले बताए । उनले विद्यालयको भौतिक संरचनाको अभावमा पठनपाठनमा रहेको समस्याको अन्त्य भएको भन्दै विद्यालयको सुधार तथा विकासका लागि संधै तत्पर रहेको बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही