नेपालगन्ज ४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष विजयी भएकोछ । बाँकेका कुल ८ वटा पालिका मध्ये संस्थापन पक्ष ५ वटामा विजयी हुदाँ ३ वटामा संस्थापन इतर (कोइराला/पौडेल) पक्ष विजयी बनेको छ ।
संस्थापन(देउवा) पक्षले नेपालगन्ज उपमहानगरपालिका, राप्ती सोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा जितेको हो । संस्थापन इतर पक्षले कोहलपुर, नरैनापुर र डुडुवा गाउँपालिकामा मात्र नेतृत्व लिन सफल भएको छ । नेपालगन्ज उपमहानगरमा सभापति सहित संस्थापन पक्षको पुरै प्यानल निर्वाचित भयो । सभापतिमा प्रशान्त विष्टसहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भएका हुन् । विष्टले २ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला÷पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरे ।
कोहलपुर नगर सभापतिमा संस्थापन इतर पक्षका विरेन्द्रकुमार शाहसहित पदाधिकारीमा सबै संस्थापन इतरकै निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राजेन्द्रकुमार श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन् । शाहले १ सय ६० र श्रेष्ठले १ सय ४४ मत पाए ।
राप्ती सोनारी गाउँपालिकामा संस्थापन(देउवा) पक्षका भिमबहादुर रानाक्षेत्रीहित पदाधिकारीमा सबै संस्थापन पक्षकै निर्वाचित भए । राना क्षेत्रीले १ सय मत ल्याउँदा निकटतम प्रतिस्पर्धी संस्थापन इतरका तुलाराम खत्रीले ६९ मत प्राप्त गरे । बैजनाथ गाउँपालिकामा पनि मतदान प्रक्रियाबाट संस्थापन पक्षकै देवबहादुर केसी(खत्री) निर्वाचित भएका छन् ।
खजुरा गाउँपालिका सभापतिमा रमेश सिजालीसहित संस्थापन पक्षले नै वर्चश्व जमाएको छ । जानकी गाउँपालिका सभापतिमा दयाराम यादव(अहिर)सहित अधिकांस पदमा संस्थापन पक्षका निर्वाचित भएका छन् ।
डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादवसहित अधिकांस पदमा संस्थापन इतर पक्ष निर्विरोध निर्वाचित भएको छ । नरैनापुर गाउँपालिका सभापतिमा संस्थापन इतरका मेराज अहमद खाँ र पदाधिकारीको केही पदमा संस्थापन पक्षका निर्विरोध भएका छन् ।
काँग्रेसको पालिका तहको निर्वाचनमा नरैनापुर, डुडुवा, जानकी र खजुरा गाउँपालिकामा निर्विरोध चयन गरिएको होे, भने नेपालगन्ज, कोहलपुर, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा मतदान प्रक्रियामार्फत कार्यसमिति पदाधिकारी निर्वाचित गरिएको हो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी