नेपाली काँग्रेस १४ औं महाधिवेशन

सहमति नभएपछि बाँकेका चार वटा प्रदेश सभामा आईतबार मतदान


सहमति नभएपछि बाँकेका चार वटा प्रदेश सभामा आईतबार मतदान

नेपालगन्ज ४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा शनिबार(आज) उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । उम्मेदवारी मनोनयन पश्चात प्रदेश सभा क्षेत्र नम्बर– ३ (क) र (ख) मा पदाधिकारी तथा प्रदेश प्रतिनिधी निर्विरोध निर्वाचित गरिएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर ३ (क) का मतदान अधिकृत विश्वजित तिवारीका अनुसार सभापतिमा केशवकुमार शाह निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपसभापतिमा कन्हैलाल थारु र फरिरुद्दिन हल्वाई, सचिवमा धिरेन्द्रसिंह ठकुरी र निखिल बैगार तथा सह–सचिवमा नवराज रावल र तियाराम धोबी निर्विरोध निर्वाचित भए । प्रदेश प्रतिनिधीतर्फ खुल्ला र समावेशी कोटामा पनि सबै निर्विरोध निर्वाचित भएको तिवारीले जानकारी दिए ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर ३ (ख) का मतदान अधिकृत बिक्रम भण्डारीका अनुसार सभापतिमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । उप–सभापति राजकिशोर महतरा(क्षेत्री) र राममनोरत अहिर, सचिवमा खेमराज बर्मा र कृष्णबहादुर गौतम तथा सह–सचिवमा विवेक मल्ल र नुरुल अलि इद्रीसी निर्वाचित भए ।

प्रदेश प्रतिनिधीतर्फ समानुपातिकमा निर्विरोध निर्वाचित भएपनि खुल्लामा ७ जना हुनुपर्नेमा ८ जनाको उम्मेदवारी परेकाले सर्वसम्मतीको प्रयास गरिएको र सहमती नभए आइतबार बिहान मतदान गरिने मतदान अधिकृत भण्डारीले बताए । मतदान स्थल सबैसँग समन्वय गरेर तोकिने जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेका अन्य ४ वटा प्रदेश सभा क्षेत्रमा भने अधिकांस पदका लागि मतदान हुने भएको छ । प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापति पदमा जुगलाल थारु र लक्ष्मण थारु, उप–सभापतिमा अम्मरबहादुर बुढाथोकी, मानबहादुर खड्का, हरिवंश मौर्य र हरिभक्त ओली, सचिवमा कमलराज कार्की, गुरुमोरत यादव, गंगाराम थारु र भोलाप्रसाद मौर्य मुराउ तथा सह–सचिवमा दरोगा शेख, दिलावती थापा, बाबुराम कुर्मी र सुमनदेवी लोहारको उम्मेदवारी परेको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।

प्रदेश प्रतिनिधीतर्फ खुल्ला र समानुपातिक गरी ३९ जनाको उम्मेदवारी परेको छ । खस आर्य कोटामा भने झुपबहादुर विष्ट निर्विरोध निर्वाचित भएको उनले बताए । फत्तेपुरस्थित निर्माणाधिन विपी स्मृती प्रतिष्ठानमा मतदान सुरु हुने मतदान अधिकृत गिरीले जानकारी दिए ।

यस्तै प्रदेश सभा १ (ख) को सभापतिमा बलराम शर्मा र महाविर ओली, उप–सभापतिमा गुट्टु थारु, गौरव रावल, भाइराम ओली र डा. राजकुमार सुवेदी, सचिवमा अनिताकुमारी बुढाक्षेत्री, पतिराम थारु, भिमप्रसाद पौडेल र लिलबहादुर राना तथा सह–सचिवमा विजय पुडासैनी, यज्ञराज सापकोटा, रुपलाल बुढाथोकी र सिताकुमारी बिकको उम्मेदवारी परेको मतदान अधिकृत रुपनारायण विसीले जानकारी दिए ।

प्रदेश प्रतिनिधीतर्फ खुल्लामा १९ र समानुपातिकमा १८ जनाको उम्मेदवारी परेको उनले बताए । आईतबार बिहान ९ बजेबाट कोहलपुरस्थित सितभण्डारमा मतदान सुरु हुने विसीले जानकारी दिए ।

यसैगरी प्रदेश सभा क्षेत्र नम्बर २ (क) मा पदाधिकारीसहित ३७ जनाको उम्मेदवारी परेको छ । प्रदेश प्रतिनिधीमा समानुपातिकतर्फ ५ जना निर्विरोध निर्वाचित भइसकेको मतदान अधिकृत सुरेशकुमार पर्सेलाले जानकारी दिए । सभापति पदमा भने शिवकुमार बर्मा र ज्ञानेन्द्रकुमार चौधरी, उपसभापतिमा जबर अलि बेहना, दशरथ चन्द, नरबहादुर बोहरा र मनोजकुमार चौधरी, सचिवमा लक्ष्मण सिंह, बेलबहादुर बोहरा, शोभा घर्ती र श्यामसुन्दर बर्मा तथा सह–सचिवमा अमृता कुमारी सिंह, जयप्रकाश खटिक र समसुद्दिन खाँको उम्मेदवारी दर्ता भएको मतदान अधिकृत पर्सेलाले जानकारी दिए । उनका अनुसार जिल्ला समन्वय समितिको हलमा आईतबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा अखबर अलि दर्जी र जितेन्द्रबहादुर हमालको उम्मेदवारी परेको छ । उप–सभापतिमा अभिशेक कुमार श्रेष्ठ, साहबुद्धिन खाँ र सुभासचन्द्र गुप्ता, सचिवमा उदयनारायण मिश्र, गोकर्णबहादुर शाही र फैयाज हुसेन हल्वाईको उम्मेदवारी परेको मतदान अधिकृत ऋषिराज शर्माले जानकारी दिए ।

उनका अनुसार सह–सचिवमा भने राजकुमार बाल्मिकी र विजयविक्रम शाह निर्विरोध निर्वाचित भए । प्रदेश प्रतिनिधीतर्फ केही समानुपातिक पदमा पनि निर्विरोध भएको छ । नेपाली काँग्रेस पार्टी कार्यालयमा आईतबार बिहान १० बजे मतदान सुरु हुने उनले बताए ।