नेपालगन्ज ५ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका ४ वटा प्रदेश सभा क्षेत्रमा आईतबार(आज) मतदान गराइएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका अनुसार प्रदेश सभा क्षेत्र नम्बर १ (क) र (ख) तथा क्षेत्र नम्बर २ (क) र (ख) मा मतदान गराइएको हो ।
प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा बिहान ११ बजेबाट मतदान सुरु भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए । उक्त क्षेत्रमा सभापति पदका लागि जुगलाल थारु र लक्ष्मण थारुबीच प्रतिस्पर्धा छ ।
यस्तै प्रदेश सभा १ (ख) मा बिहान १०ः३० बजेबाट मतदान सुरु भएको मतदान अधिकृत रुपनारायण विसीले जानकारी दिए । उक्त क्षेत्रमा सभापति पदका लागि बलराम शर्मा र महाविर ओलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
यसैगरी प्रदेश सभा क्षेत्र नम्बर २ (क) मा बिहान ११ः२० बजे मतदान सुरु भएको मतदान अधिकृत सुरेशकुमार पर्सेलाले जानकारी दिए । उक्त प्रदेशमा सभापति पदका लागि शिवकुमार बर्मा र ज्ञानेन्द्रकुमार चौधरीबीच प्रतिस्पर्धा छ ।
त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख)मा १०ः४५ बजेबाट मतदान सुरु भएको मतदान अधिकृत ऋषिराज शर्माले जानकारी दिए । उक्त क्षेत्रमा सभापतिका लागि अखबर अलि दर्जी र जितेन्द्रबहादुर हमालबीच प्रतिस्पर्धा छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही