नेपालगन्ज ५ मंसिर : नेपाली काँगे्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका दुई वटा प्रदेश सभा क्षेत्रमा संस्थापन(देउवा) पक्षले प्यानलै जितेको छ । आइतबार सम्पन्न मतदान पश्चात सार्वजनिक भएको मत परिणाम अनुसार प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमाा लक्ष्मण थारुसहित प्यानल निर्वाचित भएको हो ।
उनले १२५ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी जुगलाल थारुले ११४ मत प्राप्त गरे । उप–सभापतिमा निर्वाचित भएका अम्मरबहादुर बुढाथोकीले १२३ र मानबहादुर खड्काले १२४ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी हरिवंश मौर्यले ११५ र हरिभक्त ओलीले १०९ मत प्राप्त गरे ।
सचिवमा निर्वाचित भएका गंगाराम थारुले १२९ र भोलाप्रसाद मुराउले १२० मत ल्याए । निकटतम प्रतिद्धन्द्धी कमलराज कार्कीले १११ र गुरुमोरत यादवले ११६ मत प्राप्त गरेका छन् । सह–सचिवमा निर्वाचित भएका दिलावती थापाले १२६ र बाबुराम कुर्मीले १२४ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी दरोगा शेखले ११४ र समुनदेवी लोहारले १११ मत ल्याएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए । प्रदेश प्रतिनिधीतर्फको गणना अहिले पनि चलिरहेको उनले बताए ।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ (ख) को सभापतिमा पनि संस्थापन पक्षका जितेन्द्र बहादुर हमाल निर्वाचित भए । सभापति हमालले १५२ र उनका निकटतम प्रतिद्धन्द्धी अखबर अलि दर्जीले ६४ मत प्राप्त गरे । उप–सभापतिमा निर्वाचित भएका अभिशेक कुमार श्रेष्ठले १५९ र सुभासचन्द्र गुप्ताले १३२ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्द्धी साहबुद्धिन खाँले ७६ मत प्राप्त गरे ।
सचिवमा निर्वाचित भएका फैयाज हुसेन हल्वाईले १६४ र गोकर्णबहादुर शाहीले १३२ मत ल्याए । उनका निकटतम प्रतिद्धन्द्धी उदयनारायण मिश्रले ६९ मत प्राप्त गरे । सहसचिव पदमा भने शनिबार नै निर्विरोध भइसकेको थियो । मतदान अधिकृत ऋषिराज शर्माका अनुसार आइतबार भएको मतदानबाट प्रदेश प्रतिनिधीतर्फ(खुल्ला) मा ७, खुल्ला(महिला)मा ३, आदीवासी जनजाती, मधेशी, मुस्लिम अपांग कोटामा १÷१ जना निर्वाचित भएका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी