दायित्वद्वारा तीन पालिकाका ४० जनसेवक प्रशिक्षित


दायित्वद्वारा तीन पालिकाका ४० जनसेवक प्रशिक्षित

पोखरा ५ मंसिर : दायित्वद्वारा लुम्बिनी प्रदेशका तीन वटा नगरपालिकाका जनसेवकलाई प्रशिक्षिण प्रदान गरेकोछ । लुम्बिनी प्रदेशका तीन वटा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृत र अन्य अधिकारीहरुलाई ‘आर्थिक सुशासनका लागि नेतृत्व’ विषयक प्रशिक्षण प्रदान गरेको हो ।

नगरपालिका तहका वरिष्ठ प्रतिनिधि तथा अधिकृतहरूको नीतिगत नेतृत्व क्षमतालाई सुदृढीकरण गर्ने उद्देश्यका साथ दिईएको दुई दिने प्रशिक्षणमा लुम्बिनी प्रदेशको तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकाका ४० जना स्थानीय जनप्रतिनिधि र अधिकारीहरुको सहभागीतारहेको थियो ।

स्थानीय जनप्रतिनिधि र अधिकारीहरुलाई यस प्रशिक्षणले आर्थिक सुशासन, अर्थ राजनीति दृष्टिकोण र विश्लेषण, समावेशी नगर सुशासन, अनुकूलनीय नेतृत्व, नेतृत्वकर्ताको परिचय, नवप्रवर्तनको नेतृत्व, आत्मप्रेरणा र समानुभूति, सेवा मानसिकता, इत्यादिको बारेमा अन्तरदृष्टिहरु प्रदान गरी यी मुद्दाहरुप्रति सचेत तथा संवेदनशील बनाउने आशा गरिएको दायित्वले जनाएको छ । यस्ता सार्वजनिक हितका मुद्दाहरुलाई संबोधन गर्नका लागि प्रदान गरिएको प्रशिक्षणले स्थानीय सरकारको नीति, नेतृत्व र क्षमता अभिवृद्धि गर्ने विश्वास गरिएकोछ ।

६ वटा भाग रहेको आर्थिक सुशासनका लागि नेतृत्व प्रशिक्षणको पाठ्यक्रमलाई तीन चरणमा विभाजन गरेर प्रशिक्षण दिइने लक्ष्य दायित्वले लिएको छ । जसमध्ये, पहिलो भाग ‘अर्थराजनीतिको चित्रण’ र दोस्रो भाग ‘अनुकुलनीय नेतृत्वको मूल तत्व’ लाई हाल पुरा गरिएकोछ । उक्त प्रशिक्षणको विभिन्न शत्रहरु नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणी पौड्याल, पूर्वसचिव कृष्ण ज्ञवाली, र नेपाल लिडरशिप एकेडेमीको संस्थापक तथा प्रमुख प्रशिक्षक र दायित्वका संस्थापक अध्यक्ष डाक्टर पुकार मल्लले प्रशिक्षण गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

गत भदौ महिनाबाट तिलोत्तमा, मुसिकोट र सुनवल नगरपालिकामा सञ्चालित ‘आर्थिक सुशासनका लागि नेतृत्व परियोजना’ अन्र्तगत प्रशिक्षण गरिएको हो । युवा रोजगारीलाई प्रशद्र्धन गर्नका लागि स्थानीय सरकारहरूले आफ्ना समुदायहरूमा सक्रिय भूमिका खेल्न सकुन भन्ने उद्देश्यले पालिकातहका सरकारको नीतिगत नेतृत्वलाई सुदृढीकरण गर्दै घरेलु युवाको रोजगारमा सुधारमार्फत नेपालको समावेशी आर्थिक बृद्धिलाई थप गति प्रदान गर्ने अभिप्राय परियोजनाले बोकेको छ ।

दुई दिने प्रशिक्षणका सहभागीहरुलाई सम्बोधन गर्ने क्रममा गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर रघुराज काफ्लेले ‘राष्ट्रलाई सम्मुन्तिको बाटोमा लानको लागि स्थानीयतहलाई बलियो बनाउनु पर्ने भन्दै आर्थिक सुशासनको सवालमा गण्डकी प्रदेशमा पनि धेरै सुधार ल्याउनुपर्ने भएकोले यस आर्थिक सुशासनको लागि नेतृत्व कार्यक्रमलाई गण्डकीमा पनि ल्याउनुपर्नेमा जोड दिए ।’

दायित्वको बारेमा

दायित्व एक गैर नफामुखी, गैर सरकारी नेपाली संस्था हो । जसले उद्यमशील नेपालको परिकल्पना गर्दछ । जहाँ हरेक व्यक्तिसँग समृद्ध भविष्यको अवसरहुनेछ । सन् २०१३देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १२० नेपाली युवाहरुद्वारा ४० सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानीयतहमा नीति अनुसन्धानमा सहयोग पु¥याएकोछ ।

साथै, दायित्वले नेपालको तीनवटा प्रदेशका ६५ वटा विकासउन्मुख ग्रामीण उद्यमहरु (जस मध्य, ३० वटा महिलाद्वारा सञ्चालित छन्) लाई द्रुतीकरण गरेको जसको कारण उद्यमीहरुलाई व्यापारमा नवप्रवर्तन ल्याउने, कम ब्याजदरमा ऋण उपलब्ध गराउने र रोजगारीका अवसरहरु सिर्जना मौका मिलेकोछ ।