नेपालगन्ज ५ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके प्रदेश सभा १ (ख) को सभापतिमा बलराम शर्मा निर्वाचित भएका छन् । उक्त प्रदेश सभा क्षेत्रमा संस्थापन इतर (कोइराला÷पौडेल) पक्षले पुरै प्यानल जितेको छ । यो सँगै संस्थापन इतर पक्षले बाँकेको प्रदेश सभामा खाता खोलेको छ ।
संस्थापन इतर (कोइराला÷पौडेल) पक्षका शर्माले संस्थापन (देउवा) पक्षका महाविर ओलीलाई पराजित गरेर निर्वाचित भएका हुन् । शर्माले १८९ र ओलीले १४६ मत प्राप्त गरे । उपसभापतिमा निर्वाचित भएका भाइराम ओलीले १८६ र डाक्टर राजकुमार सुवेदीले १८१ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी गौरव रावलले १५३ र गुटु थारुले १४२ मत प्राप्त गरेका छन् ।
सचिवमा निर्वाचित भएका भिमप्रसाद पौडेलले १९५ र लिलबहादुर रानाले १९० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी अनिताकुमारी बुढाले १४८ र पतिराम थारुले १४५ प्राप्त गरे । सहसचिवमा निर्वाचित भएका यज्ञराज सापकोटाले १८० र रुपलाल बुढाथोकीले १७९ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी विजय पुडासैनीले १६६ र सिताकुमारी बिकले १४२ मत ल्याएको सहायक मतदान अधिकृत(अधिवक्ता) पुर्णप्रसाद ढकालले जानकारी दिए । निर्वाचन कर्मचारीका अनुसार संस्थापन इतर पक्षले प्यानलै जितेको छ । प्रदेश प्रतिनिधिको मत गणना चलिरहेको सहायक मतदान अधिकृत ढकालले बताए । बाँकेका कुल ६ वटा प्रदेश सभा क्षेत्रमध्ये अहिलेसम्म ४ वटामा संस्थापन पक्षले जितेको छ, भने एउटा प्रदेश सभाको मत गणना अन्तिम चरणमा पुगेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही