काँग्रेसकी कान्छी नेतृद्वय उषा र पुजा


काँग्रेसकी कान्छी नेतृद्वय उषा र पुजा

नेपालगन्ज ५ मंसिर : सोलुखुम्बुकी २१ वर्षीया पुजा फुँयाल र बागलुङकी १८ वर्षीया उषा सापकोटाको यतिबेला सर्वत्र चर्चा भइरहेकोछ ।

चियापसलदेखि सामाजिक सञ्जालमा सोलुखुम्बुकी २१ वर्षीया पुजा फुँयाल र बागलुङकी १८ वर्षीया उषा सापकोटाकै एकाएक चर्चा चुलिएकोछ । चर्चा पनि किन नहोस् र ? यी दुई नेपाली काँग्रेसकी कान्छी महिला नेतृ जो परे ।

टिकटक र सामाजिक सञ्जालमा व्यस्त रहने पुस्ताबाट राजनीतिमा होमिएकी काँग्रेसकी कान्छी नेतृद्वय उषा र पुजा नेपाली काँग्रेसको सक्रिय राजनीतिमा देखिएपछि यतिबेला सर्वत्र चर्चा र चासो बढेको हो ।

यतिबेला यी दुई अर्थात उषा र पुजालाई सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर र इन्स्टाग्राममा पन्छ्याउनेहरुको ठूलै संख्या छ । सामाजिक सञ्जालभन्दा बाहिर पनि युवा पुस्ताका लागि राम्रो अवसर रहेको छ भन्ने प्रमाणित गरेका उषा र पुजा नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर एकाएक बहस र चर्चाको पात्र बनेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

राजनीतिमा विस्तृष्णा बढिरहेका बेला सक्रिय राजनीतिमा होमिएकी नेतृद्वय उषा र पूजाले राजनीतिबाटै समाज परिवर्तन गर्ने सपना लिएर अघि बढेकोमा दुइमत छैन ।

यतिबेला नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत अधिवेशन चलिरहेकोछ । काँग्रेस १४ महाधिवेशन अन्तरगतका अधिवेशनबाट उषा र पूजा निर्वाचित हुनुले काँग्रेसमा युवाहरूको आकर्षण देखिन्छ । यसले काँग्रेसलाई युवाहरुको आकर्षणको केन्द्र बनाएको पुष्टि गर्छ ।

सोलुखुम्बुकी २१ वर्षीया पुजा नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । शनिबार सम्पन्न अधिवेशनमा खसआर्य महिलातर्फ टंकीमाया बस्नेतसँग समान ४ सय ३ मत ल्याएपछि गोलाप्रथाबाट फुँयाल महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी हुन् ।

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाबाट कान्छी क्षेत्रीय प्रतिनिधि बनेकी फुँयाल हालसम्म निर्वाचितमध्ये कान्छी महाधिवेशन प्रतिनिधि हुन् । उनी सानोठिमी क्याम्पस भक्तपुरकी स्ववियु सदस्यसमेत हुन् ।

यस्तै बागलुङ, काठेखोला गाउँपालिका बिहुँकी १८ वर्षिया उषा सापकोटा काँग्रेस क्षेत्रीय अधिवेशन अन्तर्गत बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश प्रतिनिधिमा निर्वाचित भइन् । प्रदेश प्रतिनिधिका लागि खसआर्य कोटामा प्रतिस्पर्धा गरेकी उषाले २८६ मतसहित विजयी भइन् । उषाले कानुन शंकायबाट भर्खरै १२ कक्षा उत्तीर्ण गरेकीछन् ।