नेपालगन्ज ६ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि इजलास गठन गरेका छन् ।
उनले ४५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोकेका हुन् । सोमबारका लागि ११ वटा संयुक्त इजलास र एउटा एकल इजलास गठन गरिएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई भने इजलासमा राखेका छैनन् । अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र आफूलाई इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश राणाले केही दिनदेखि आफू बाहेकको इजलास गठन गरेका छन् ।
गत बुधबार सर्वोच्च अदालतको पूर्ण बैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन ।
नियमावली संशोधन राजपत्रमा प्रकाशन भएपनि पुनः फुलकोर्ट बसेर गोलाप्रथा कार्यान्वयनमा लैजाने गरी निर्णय भएको र राजपत्रमा प्रकाशन भएलगत्तै फुलकोर्ट बस्ने प्रवक्ता बाबुराम दाहालले बताए ।
गत बुधबार सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन नसकेको हो ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही