नेपालगन्ज ६ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको ३ वटा प्रतिनिधी सभा क्षेत्रमा बुधबार(मंसिर ८ गते) बाट निर्वाचन कार्यक्रम शुरु हुने भएका छन् ।
बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बुधबार बिहान १० बजेबाट एकैसाथ मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम सुरु हुने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । उनका अनुसार उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार (मंसिर ९ गते) मतदान कार्यक्रम सम्पन्न गरिनेछ ।
निर्वाचनमा खटाउनुअघि तीन वटै क्षेत्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखिकरण गरिनेछ । प्रतिनिधी सभा क्षेत्रको निर्वाचनबाट क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधी निर्वाचित हुने सहायक निर्वाचन अधिकृत एवम् अधिवक्ता चित्रबहादुर शाहीले जानकारी दिए ।
जिल्ला निर्वाचन परिचालन समिति बाँकेको सोमबार बसेको बैठकले क्षेत्रको निर्वाचनलाई पनि शान्तिपूर्ण रुपले सम्पन्न गर्नका लागि दक्ष जनशक्ति परिचालन, शान्ति सुरक्षा तथा अनुगमनलाई ब्यापकता दिने निर्णय गरेको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही