बैजनाथमा समुदाय र प्रहरीबिच छलफल


बैजनाथमा समुदाय र प्रहरीबिच छलफल

नेपालगन्ज ६ मंसिर : बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विंसगतिविरुद्ध पालिकास्तरीय समुदाय र प्रहरीविच छलफल गरिएको छ ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नेपालगन्ज, सिसु, जिल्ला प्रहरी कार्यालय बाँके, नेपाल पत्रकार महासंघ बाँके, डिसिए परियोजना बाँकेको आयोजनामा उक्त छलफल गरिएको हो ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले मानव अधिकारका क्षेत्रमा सुधारका सवाल र समाजिक विकृति विंसगतिविरुद्ध समाजको भूमिका महत्व रहेको बताए ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले प्रहरी र समाजविचको दूरी घट्न आवश्यक रहेको बताए । उनले प्रहरी र नागरिकको सम्बन्ध मजबुद भए समाजमा मानव अधिकार र न्यायिक कार्य सम्पादनमा सहज हुने जिकिर गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले मानव अधिकार समय अनुकूल आधारभूत आवश्यकता अनुसार परिमार्जन हुने बताए ।