नेपालगन्ज ६ मंसिर : बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सामाजिक विकृति विंसगतिविरुद्ध पालिकास्तरीय समुदाय र प्रहरीविच छलफल गरिएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालयको नेपालगन्ज, सिसु, जिल्ला प्रहरी कार्यालय बाँके, नेपाल पत्रकार महासंघ बाँके, डिसिए परियोजना बाँकेको आयोजनामा उक्त छलफल गरिएको हो ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका प्रमुख भोला महतले मानव अधिकारका क्षेत्रमा सुधारका सवाल र समाजिक विकृति विंसगतिविरुद्ध समाजको भूमिका महत्व रहेको बताए ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीले प्रहरी र समाजविचको दूरी घट्न आवश्यक रहेको बताए । उनले प्रहरी र नागरिकको सम्बन्ध मजबुद भए समाजमा मानव अधिकार र न्यायिक कार्य सम्पादनमा सहज हुने जिकिर गरे ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले मानव अधिकार समय अनुकूल आधारभूत आवश्यकता अनुसार परिमार्जन हुने बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही