क्षेत्रीय सभापतिका उम्मेदवार माधवरामलाई शीर्ष नेतादेखी कार्यकर्ताको साथ


क्षेत्रीय सभापतिका उम्मेदवार माधवरामलाई शीर्ष नेतादेखी कार्यकर्ताको साथ

कोहलपुर ८ मंसिर : बाँकेमा हुन लागेको प्रतिनिधी सभा क्षेत्रीय निर्वाचनका लागि क्षेत्र नम्बर– १ का सभापतिका उम्मेदवार माधवराम खत्रीलाई नेपाली काँग्रेसका शीर्ष नेतादेखी कार्यकर्ताको साथ र समर्थन रहेको छ ।
माधवरामलाई नेपाली काँग्रेसका अगुवा नेता, कार्यकर्ता तथा युवाहरुको साथ र समर्थन देखिएको हो ।

खत्रीलाई नेपाली काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, नेपाली काँग्रेसका सक्रिय नेता भानुभक्त भट्टराई, काँग्रेस नेता कृष्ण कार्की, काँग्रेस बाँकेका पुर्व कार्यबाहक सभापति एवम वर्तमान जिल्ला सदस्य समेत रहनु भएका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रदेश सभा १ (क) का सभापति लक्ष्मण थारु, नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्री, काँगे्रेस नेता महाबीर ओली, एवम् नेपाल आदीवासी जनजाती संघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जुकुमारी चौधरी, नेता यमबहादुर खड्का, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् काँग्रेस नेता चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् कांंग्रेस नेता लक्ष्मणराज पौडेल, युवा नेताहरु निरज चलाउने, भुमबहादुर भण्डारी लगायत आम नेता कार्यकर्ताको साथ र सर्मथन छ ।

माधवरामलाई क्षेत्रीय सभापतिमा निर्वाचित गराउन बाँके क्षेत्र नम्बर– १ का दर्जनबढी शीर्ष नेता र नेतृसहित आमकार्यकर्ताहरु मतदातासँग भेटघाटमा ब्यस्त छन् ।

दुई दशकभन्दा बढी समयदेखी निरन्तर पार्टी संगठनमा योगदान नेता माधवरामलाई क्षेत्रीय सभापतिमा निर्वाचित गराउन क्षेत्र नम्बर– १ का अधिकांस नेता र कार्यकर्ताहरु लागिपरेको नेता कांग्रेस नेता कृष्ण कार्कीले बताए । क्षेत्रीय सभापतिका उम्मेदवार माधवराम सहित उनको प्यानलबाट चुनाव लडेका उम्मेदवारहरु कोहलपुर, राप्तीसोनारी र नरैनापुरका मतदाताको घरदैलोमा ब्यस्त भएको कार्कीले सुनाए ।

Kanti Aarogya Hospital Nepalgunj

क्षेत्र नम्बर–१ मा पार्टीको संगठन सुदृढिकरण, तल्लो तहसम्मका कार्यकर्तालाई सहजै चिन्ने, कार्यकर्ताका पीरमर्का बुझ्ने कुशल संगठनकर्ता भएकाले खत्रीलाई पुनः एक पटक क्षेत्रीय सभापतिमा निर्वाचित गराउनु परेको काँग्रेस नेता कार्यकर्ताको भनाइ छ ।

‘माधवराम खत्री स्थापित नेता हुन्, घरदैलोमा आफै पुग्ने, जनतालाई प्रत्यक्ष चिनेको र जनतासँग घुलमिल गरेको नेता पनि हुन्, कसैलाई ढाट्ने र ठग्ने काम गरेकाा छैनन्, राजनीतिमा इमान्दारिता चाहिन्छ, त्यो इमान्दारिता र लगनशिलता माधवराम खत्रीमा छ,’ क्षेत्र नम्बर १ का अधिकांस नेता कार्यकर्ता भन्छन् ।