माग सम्बोधन नभए ‘जनविद्रोह’ र ‘जनकारबाही’मा जाने चेतावनी
नेपालगन्ज ८ मंसिर : प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष संघीयता खारेजीको माग गरिएकोछ । यसका लागि समाजवादी केन्द्र नेपालले संघीयता खारेजीसहित विभिन्न २८ वटा माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार सो पार्टीका अध्यक्ष युवराज सफलको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको हो । आफ्ना माग पूरा गर्न सो पार्टीले प्रधानमन्त्री देउवालाई ३५ दिनको समयसीमा दिएको छ । निर्धारित समयभित्र माग पूरा नभएमा आफूहरु जनविद्रोहमा जाने तथा जनकारबाहीमा जाने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ ।
सो पार्टीले संघीयता खारेज गरी नयाँ ढंगले राज्य पुनर्संरचना गर्न, एमसीसी सम्झौता खारेज गर्न, धर्म निरपेक्षता खारेज गरी वैदिक सनातनी धार्मिक व्यवस्था कायम गर्न माग गरेको छ ।
यस्तै, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न, सर्वपक्षीय बृहद् राष्ट्रिय राजनीतिकसभा आयोजना गरी संविधान संशोधन गर्न, कालापानी, लिम्पियाधुरा र लिपुलेकका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गराउन पनि सो पार्टीले माग गरेको छ ।
ग्यास पुर्याउन नसक्दा एउटाकाे राजीनामा, नयाँ मन्त्रीले के गर्लान्?
संसदमा सांसद कमल सुवेदीको प्रस्ताव : संघीय राजधानी दाङमा सारौं
सरकारप्रति रास्वपा सांसदकै आक्रोश: एउटा सल्लाहकार नै यो सरकार नाश गर्न काफी छ
‘उद्योगीहरूलाई पाता फर्काउनुपर्ने’ भन्ने उद्योग मन्त्रीले दिइन् राजीनामा
अझै ‘सभापति’को भ्रममा देउवा
कर्णाली राजमार्ग: सडक पुरिएकाे महिना पुग्न लाग्याे, नेपालगञ्जबाट हिँडेका सयाै ट्रकहरू बाटाेमै