कोहलपुर ८ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर–१ मा माधवराम खत्री नेतृत्वको प्यानलले बुधबार (आज) सुरुमै उम्मेदवारी दर्ता गराएको छ ।
कोहलपुरस्थित भेरी सितभण्डारमा रहेको क्षेत्र नम्बर–१ को निर्वाचन स्थलमा पुगेर माधवरामको प्यानलले दिउँसो २ बजेर ३० मिनेटमा उम्मेदवारी दर्ता गराएको काँग्रेस नेता छबिलाल डाँगीले जानकारी दिए । ‘माधवराम खत्रीको प्यानलले सबैभन्दा अगाडी पुगेर उम्मेदवारी दर्ता गराएको छ,’ उनले भने ।
उम्मेदवारी दर्ता गराउन माधवराम आफ्ना समर्थक नेता तथा कार्यकर्तासहित पुगेका थिए ।
सो क्रममा नेता तथा कार्यकर्ताले माधवरामको प्यानललाई हौसला दिएको डाँगीले बताए । बाँके जिल्लाभरी संस्थापन पक्षलाई जिताउने काँग्रेसभित्र लहर नै चलेका बेला क्षेत्र नम्बर–१ मा पनि संस्थापन पक्षका माधवरामको प्यानललाई जिताउन आम नेता, कार्यकर्ता सक्रिय रहेको नेता यमबहादुर खड्का बताए ।
निर्वाचन कार्यक्रम अन्तर्गत बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर–१, क्षेत्र नम्बर–२ र क्षेत्र नम्बर–३ मा बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम राखिएको थियो । उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार भोली मतदान सम्पन्न गरिनेछ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही