नेपालगन्ज ८ मंसिर : नेपाली काँगे्रसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर–३ को सभापतिमा पुनः नक्की खाँ निर्वाचित भएका छन् ।
उनी संस्थापन (देउवा) पक्षका हुन् । उक्त क्षेत्रमा संस्थापन इतर (कोइराला÷पौडेल) पक्षको उम्मेदवारी नै परेन ।
खाँ बुधबार दोस्रो कार्यकालका लागि पुनः सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का मतदान अधिकृत विरेन्द्र यादवले खाँ निर्विरोध निर्वाचित भएको जानकारी दिए । उनका अनुसार आदीबासी जनजाती, दलित महिला, खस आर्य लगायत समानुपातिक पदका क्षेत्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।
क्षेत्रीय सचिव, सहसचिव लगायत पदका लागि भने बिहीबार(भोली) मतदान हुने यादवले बताए । दुई जना सचिवका लागि ४ र दुई जना सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ