दोस्रो कार्यकालका लागि क्षेत्र नम्बर ३ मा नक्की पुनः सभापतिमा निर्वाचित


दोस्रो कार्यकालका लागि क्षेत्र नम्बर ३ मा नक्की पुनः सभापतिमा निर्वाचित

नेपालगन्ज ८ मंसिर : नेपाली काँगे्रसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर–३ को सभापतिमा पुनः नक्की खाँ निर्वाचित भएका छन् ।

उनी संस्थापन (देउवा) पक्षका हुन् । उक्त क्षेत्रमा संस्थापन इतर (कोइराला÷पौडेल) पक्षको उम्मेदवारी नै परेन ।

खाँ बुधबार दोस्रो कार्यकालका लागि पुनः सभापति पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली काँग्रेस क्षेत्र नम्बर–३ का मतदान अधिकृत विरेन्द्र यादवले खाँ निर्विरोध निर्वाचित भएको जानकारी दिए । उनका अनुसार आदीबासी जनजाती, दलित महिला, खस आर्य लगायत समानुपातिक पदका क्षेत्रीय सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

क्षेत्रीय सचिव, सहसचिव लगायत पदका लागि भने बिहीबार(भोली) मतदान हुने यादवले बताए । दुई जना सचिवका लागि ४ र दुई जना सहसचिव पदमा ३ जनाको उम्मेदवारी परेको छ ।