राजेन्द्रलाई राणाको साथ, पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

‘अब राजासहितको हिन्दु राष्ट्रको चाहाना’


राजेन्द्रलाई राणाको साथ, पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

नेपालगन्ज ९ मंसिर : राप्रपा सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उमेदवारी घोषणा गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राप्रपाका नेता डाक्टर धवल शम्सेर राणाको समर्थनमा पार्टी अध्यक्षका लागि नेता राजेन्द्रले उम्मेदवारी घोषणा गरेका हुन् ।

पार्टीको अध्यक्ष पदमा राजेन्द्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै राणाले अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा जिकिर गरे ।

राणाले अब पार्टीमा नयाँ अनुहार चाहिएको बताउँदै भने, ‘अब नयाँ अनुहार चाहिएको छ । पार्टीको पुर्नस्थापना गर्ने पनि राजनीतिक माध्यमबाटै नै हो । त्यसको विकल्प छैन । नेतृत्वप्रति विश्वास नगरी राप्रपाले भोट पाउन सक्दैन । हामीले जनताले चाहेको गर्न सकेनौँ । हामीले दण्ड पायौँ । पाइरहेका छौँ । पछिल्लो २ वर्ष हामी बन्धन गरेका छौँ । हामी महाधिवेशनमा छौँ । अब महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ । अब व्यक्तिको मुख होइन पार्टी र देश हेर्नुपर्छ ।’

नेता राणले अगाडी थपे ‘मैले अगाडि आउने साथीहरूलाई साथ दिन्छु भन्दै आएको थिएँ । अहिले राजेन्द्र लिङदेन अगाडि आउनुभयो । उहाँलाई देशले नै माया गरेको छ । त्यसैले मैले उहाँलाई अध्यक्षका रूपमा अगाडि सार्ने घोषणा गरेको छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

राणाले हिन्दु राष्ट्र पुर्नस्थापना गर्ने पार्टीको एजेण्डा भएको स्पष्ट पार्दै भने–‘यो माटो सुहाउने एजेण्डा हो । गएको निर्वाचनपछि हामी घायल भयौं । अब यहाँबाट तल जाने ठाउँ छैन । अब हामी माथि उठ्नुपर्छ । हाम्रो पार्टी किन माथि उठ्न सकेन भनेर चिन्तन गरेका छौँ ।’

राप्रपाको आगामी महाधिवेशनमा पुनः महामन्त्रीमा उमेदवारी दिने तयारी गरेको बताउँदै नेता राणाले आफूहरु राजासहितको प्रजातन्त्रको पक्षमा रहेको र हिन्दु राष्ट्रको चाहना गरिएको बताए ।

पार्टी अध्यक्ष पदको उम्मेदवारी घोषणा समारोहमा बोल्दै राजेन्द्रलने भने–‘अध्यक्षत्रयबाट पार्टी चल्दैन, तपाईंहरु नभए पनि यो पार्टी चलाउने मान्छे छौँ है भनेर हामीले कार्यक्रम गरेका हौँ । धवल शमशेर राणाले मलाई अध्यक्ष प्रस्ताव गर्नुभएको छ, त्यो म स्वीकार गर्छु र अधिवेशनबाट अध्यक्ष लड्ने घोषणा गर्दछु,’ उनले अगाडी थपे,‘म नेतृत्वलाई गाली गर्दिन, समयले परिवर्तन खोज्यो । त्यसैले अध्यक्षमा उमेदवारी घोषणा गरेको हो ।’ राप्रपाको महाधिवेशन आगामी मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।