नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधी सभा क्षेत्रमा बिहीबार (आज) मतदान चलिरहेको छ । क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक–फरक समयमा मतदान सुरु भएको हो ।
क्षेत्र नम्बर–१ मा बिहान ९ः३० बजेबाट मतदान सुरु भएको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए । यसैगरी क्षेत्र नम्बर २ मा १२ बजे तिर मतदान सुरु भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।
यस्तै क्षेत्र नम्बर ३ मा बिहान ११ बजेबाट मतदान सुरु भएको मतदान अधिकृत बिरेन्द्र यादवले जानकारी दिए ।
क्षेत्र नम्बर १ को कोहलपुर स्थित भेरी शीत भण्डार, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास बिकास समितिलाई मतदान केन्द्र तोकिएको छ ।
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो