बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा शान्तिपूर्ण मतदान जारी


बाँकेका तीन वटा प्रतिनिधी सभा क्षेत्रमा शान्तिपूर्ण मतदान जारी

नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेका प्रतिनिधी सभा क्षेत्रमा बिहीबार (आज) मतदान चलिरहेको छ । क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा फरक–फरक समयमा मतदान सुरु भएको हो ।

क्षेत्र नम्बर–१ मा बिहान ९ः३० बजेबाट मतदान सुरु भएको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए । यसैगरी क्षेत्र नम्बर २ मा १२ बजे तिर मतदान सुरु भएको मतदान अधिकृत गोपाल गिरीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै क्षेत्र नम्बर ३ मा बिहान ११ बजेबाट मतदान सुरु भएको मतदान अधिकृत बिरेन्द्र यादवले जानकारी दिए ।

क्षेत्र नम्बर १ को कोहलपुर स्थित भेरी शीत भण्डार, क्षेत्र नम्बर २ को भेरी प्राविधिक शिक्षालय र क्षेत्र नम्बर ३ को कपास बिकास समितिलाई मतदान केन्द्र तोकिएको छ ।