नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदैँ जाँदा पार्टी सभापतिका लागि विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेकाछन् । नेपाली काँग्रेसका उपसभापति समेत रहेका निधिले आगामी महाधिवेशनका लागि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी निधिले सपभाति पदमा उम्मेदवारी दिएको औपचारिक घोषणा गरे ।
पत्रकार सम्मेलनमा उनले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’
नेता निधिले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने र काँग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने बाचा निधिले गरेका छन् ।
पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने निधिले बताएका छन् ।
साथै संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत उनले गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने घोषणासमेत निधिले गरे ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही