काँग्रेस सभापतिमा निधिको उम्मेदवारी घोषणा


काँग्रेस सभापतिमा निधिको उम्मेदवारी घोषणा

नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदैँ जाँदा पार्टी सभापतिका लागि विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेकाछन् । नेपाली काँग्रेसका उपसभापति समेत रहेका निधिले आगामी महाधिवेशनका लागि पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी निधिले सपभाति पदमा उम्मेदवारी दिएको औपचारिक घोषणा गरे ।

पत्रकार सम्मेलनमा उनले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

नेता निधिले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने र काँग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने बाचा निधिले गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने निधिले बताएका छन् ।

साथै संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत उनले गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने घोषणासमेत निधिले गरे ।