समितिद्वारा क्षेत्रीय निर्वाचनको छुट्टा–छुट्टै अनुगमन


समितिद्वारा क्षेत्रीय निर्वाचनको छुट्टा–छुट्टै अनुगमन

नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेको तीन वटै प्रतिनिधी सभा क्षेत्र निर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन परिचालन समितिको छुट्टा–छुट्टै टोली परिचालित भएको छ ।

क्षेत्रीय निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्न जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले नेपालगन्जस्थित समितिको सचिवालयबाट तीन वटै क्षेत्रमा समन्वय गरेका थिए । यस्तै जिल्ला निर्वाचन परिचालन समितिको दुई वटा छुट्टा–छुट्टै टोली अनगुमन तथा ब्यवस्थापनमा परिचालित भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

निर्वाचन व्यवस्थापनमा जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही तथा समितिका सदस्यहरु ईश्वरीप्रसाद ज्ञवाली, भोलासिंह हमाल, ऋषिराज शर्मा र प्रकाश लामिछाने खटिएका थिए ।

यसैगरी जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओली, निर्वाचन पर्यवेक्षकद्वय जिल्ला बार बाँकेका अध्यक्ष (अधिवक्ता) जनकबहादुर शाही र प्राध्यापक मोहनजंग शाह तीन वटै क्षेत्रको अनुगमनमा पुगेका थिए ।