नेपालगन्ज ९ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत बाँकेको तीन वटै प्रतिनिधी सभा क्षेत्र निर्वाचनका लागि बिहीबार जिल्ला निर्वाचन परिचालन समितिको छुट्टा–छुट्टै टोली परिचालित भएको छ ।
क्षेत्रीय निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न गर्न जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले नेपालगन्जस्थित समितिको सचिवालयबाट तीन वटै क्षेत्रमा समन्वय गरेका थिए । यस्तै जिल्ला निर्वाचन परिचालन समितिको दुई वटा छुट्टा–छुट्टै टोली अनगुमन तथा ब्यवस्थापनमा परिचालित भएको थियो ।
निर्वाचन व्यवस्थापनमा जिल्ला सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही तथा समितिका सदस्यहरु ईश्वरीप्रसाद ज्ञवाली, भोलासिंह हमाल, ऋषिराज शर्मा र प्रकाश लामिछाने खटिएका थिए ।
यसैगरी जिल्ला निर्वाचन परिचालन समितिका सदस्य (प्रवक्ता) अर्जुन ओली, निर्वाचन पर्यवेक्षकद्वय जिल्ला बार बाँकेका अध्यक्ष (अधिवक्ता) जनकबहादुर शाही र प्राध्यापक मोहनजंग शाह तीन वटै क्षेत्रको अनुगमनमा पुगेका थिए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही