कोहलपुर १० मंसिर : नेपाली काँग्रेस बाँकेका हस्तीका रुपमा परिचित नेताहरु महाधिवेशन प्रतिनिधी हार्ने पुछारतिर रहेको पाइएकोछ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधीका लागि भएको मतदानको मत गणना यतिबेला चलिरहेकोछ ।
महाधिवेशन प्रतिनिधीको मत गणना चलिरहँदा बाँकेका नेता एबम पूर्व सांसद ज्ञानु केसी, तरुण दलका केन्द्रिय पुर्वमहासचिव हुरमत न्यौपाने र काँग्रेस बाँकेका जिल्ला सचिव तप्त पौडेल हार्ने पुछारतिर रहेका छन् ।
कुल ६०१ मत खसेको मध्ये २ सय मत गणना भइसक्दा काँग्रेस बाँकेका यी तीनै जना हस्तिहरु अन्तिम नम्बरमा रहेकाछन् । बाँकेको क्षेत्र नम्बर–१ बाट महाधिवेशन प्रतिनिधीका लागि १० जनाको कोटा रहेपनि २० जनाको उम्मेदवारी रहेको छ ।
कोहलपुर स्थित शीत भण्डारमा यतिबेला मतगणना चलिरहेकोछ । २ सय मत गणना हुदाँ तीनै जना हस्तिहरु क्रमश १७, १८ र १९ औं नम्बर अर्थात हार्ने पुछारतिर रहेको छ ।
२ सय मत गणना हुदाँ बाँके काँग्रेसका नेता एबम पूर्व सांसद ज्ञानु केसीले कुल ७७ मत, तरुण दल केन्द्रिय पुर्वमहासचिव हुरमत न्यौपानेले ७३ मत र काँग्रेस बाँकेका जिल्ला सचिव तप्त पौडेलले ८२ मत प्राप्त गरेकाछन् ।
मतगणना स्थलमा उपस्थित काँग्रेस नेता तथा कार्यकर्ताले यी तीनैजना हस्तीहरुले प्राप्त गरेको मतको प्याटन हेर्दा हार्ने सम्भावना रहेको बताइरहेकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही