काँग्रेसलाई बलियो बनाउँदै सबै निर्वाचन जिताउँछु : बादशाह
नेपालगन्ज १० मंसिर : नेपाली काँग्रेस बाँकेका प्रभावशाली नेता एबम केन्द्रिय महाधिवेशन प्रतिनिधी बादशाह कुर्मीले बाँके पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकाछन् ।
नेपाली काँग्रेसका नेता एवम् पुर्वसभासद समेत रहेका बादशाहले पार्टीको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचनमा सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।
नेता कुर्मीले शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी बाँके पार्टी सभापतिमा उम्मेदवारी दिने औपचारिक रुपमा घोषणा गरे ।
उनी शुक्रबार नै बाँके क्षेत्र नम्बर–३ बाट सबैभन्दा बढी मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधी (खुल्लातर्फ) मा निर्वाचित भएका थिए । देउवा प्यानलका नेताका रुपमा परिचित बादशाहले सभापति पदका लागि आफु संस्थापन पक्ष(देउवा) बाट सर्वसम्मत रुपमा उम्मेदवार बन्ने ठोकुवा गरे ।
‘काँग्रेस बाँकेको संगठनलाई बलियो बनाउन र आसन्न स्थानीय, प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा काँग्रेसलाई जिताउन मैले नेतृत्व गर्नेछु, यस पटक पार्टीको जिल्ला निर्वाचनमा हाम्रो टिम(देउवा पक्ष) बाट एक जना मात्र उम्मेदवार हुन्छ, त्यो उम्मेदवार भनेको म नै हो,’ उनले भने ।
आफु पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको टिमबाट सभापतिमा लड्न लागेको बताए ।
‘संस्थापन इतर पक्षबाट पनि कोही साथीहरु उम्मेदवार बन्नु हुन्छ होला, त्यो उहाँहरुको कुरा हो,’ कुर्मीले भने ‘हाम्रो टिमबाट सभापतिको उम्मेदवारका सन्र्दभमा विवाद छैन ।’ पार्टीमा लामो समयदेखी राजनीति गर्दै आएका कुर्मी २०६४ र २०७० सालमा तत्कालिन संविधान सभामा समानुपातिक सभासद भएका थिए ।
२०७४ सालको प्रतिनिधी सभा निर्वाचनमा क्षेत्र नम्बर– ३ बाट चुनाव लडेका उनी तत्कालिन बाम गठबन्धनका नन्दलाल रोकायसँग थोरै मतले पराजित भएका थिए ।
नेता कुर्मीले उम्मेदवारी घोषणा गर्ने क्रममा बाँकेस्थित नेपाली काँग्रेस बाँकेका सचिव कपीलदेव शर्मासहित नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।
काँग्रेसको जिल्ला सभापति हुनका लागि महाधिवेशन प्रतिनिधी अनिवार्य र कम्तिीमा १० वर्ष क्रियाशिल सदस्य भएको हुनुपर्ने ब्यवस्था छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही