नेपालगन्ज १० मंसिर : राष्ट्रिय जनगणना अवधिभर ४ जना गणकको निधन भएकोछ । केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय जनगणनामा सहभागी भएका ३ जना गणकको ज्यान गएको छ । भने एक जनाले आत्महत्या गरेका हुन् ।
कैलाली टिकापुरमा एक जना सुपरीवेक्षकको हृदयघातका कारण, धादिङ र सुवामा एक/एक जना गणकको भीरबाट लडेर मृत्यु भएको विभागले जनाएको छ ।
यसैगरी, चार जना गणकलाई कुकुरले टोकेको र दुई जना गणकको खुट्टा भाँचिएको र केही गणकलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको विभागले जनाएको छ ।
आत्महत्या गर्नेबाहेक अन्य तीन जनाको परिवारले बीमा बापत ५ लाख रुपैयाँ पाउने विभागले जनाएकोछ । यस्तै अन्य घाइतेहरुको पनि बीमा गरिएकाले सो बापत रकम पाउने विभागले जनाएको छ ।
विभागले राष्ट्रिय जनगणना कार्यका लागि खटिएका ४० हजार गणक र साढे ८ हजार पर्यवक्षकको जनही पाँच लाख रुपैयाँको बीमा गरेको थियो ।
विभागले यसपटकको जनगणनाबाट २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने आँकलन गरेकोछ । जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्ने विभागले जनाएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही