जनगणना गर्दागर्दै चार गणकको निधन


जनगणना गर्दागर्दै चार गणकको निधन

नेपालगन्ज १० मंसिर : राष्ट्रिय जनगणना अवधिभर ४ जना गणकको निधन भएकोछ । केन्द्रीय तथ्यांक विभागका अनुसार राष्ट्रिय जनगणनामा सहभागी भएका ३ जना गणकको ज्यान गएको छ । भने एक जनाले आत्महत्या गरेका हुन् ।

कैलाली टिकापुरमा एक जना सुपरीवेक्षकको हृदयघातका कारण, धादिङ र सुवामा एक/एक जना गणकको भीरबाट लडेर मृत्यु भएको विभागले जनाएको छ ।

यसैगरी, चार जना गणकलाई कुकुरले टोकेको र दुई जना गणकको खुट्टा भाँचिएको र केही गणकलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको विभागले जनाएको छ ।

आत्महत्या गर्नेबाहेक अन्य तीन जनाको परिवारले बीमा बापत ५ लाख रुपैयाँ पाउने विभागले जनाएकोछ । यस्तै अन्य घाइतेहरुको पनि बीमा गरिएकाले सो बापत रकम पाउने विभागले जनाएको छ ।
विभागले राष्ट्रिय जनगणना कार्यका लागि खटिएका ४० हजार गणक र साढे ८ हजार पर्यवक्षकको जनही पाँच लाख रुपैयाँको बीमा गरेको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

विभागले यसपटकको जनगणनाबाट २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने आँकलन गरेकोछ । जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्ने विभागले जनाएको छ ।