नेपालगन्ज ११ मंसिरः नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँके क्षेत्र नम्बर– २ को सभापतिमा पुनः रमेशकुमार गुप्ता निर्वाचित भएका छन् ।
नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले कुल २३९ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी बिरेन्द्र शाहलाई हराए ।
सभापतिमा निर्वाचित भएका गुप्ताले शाहलाई ४८ मतको मतान्तरमा हराए । निकटतम प्रतिद्वन्द्वी शाहले कुल १९१ मत प्राप्त गरे ।
यस्तै सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन् । यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।
उक्त क्षेत्रमा रहेका कुल ४ सय ५१ जना मतदाता मध्ये ४ सय ४० मत खसेको थियो । गुप्ता र शाह दुबै संस्थापन पक्षका हुन् । तर, शाहलाई संस्थापन इतर (कोइराला÷पौडेल) पक्षको समर्थन रहेको थियोे । गुप्तालाई भने संस्थापन पक्ष(देउवा)ले आफ्नो आधिकारिक उम्मेदवारको रुपमा अगाडी सारेको थियोे ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही