नेपालगन्ज ११ मंसिर : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ६ दिने समुदायमा आधारित आपत्कालीन प्रतिकार्य समुह (सिवीइआरटी) तालिम शनिवार नेपालगन्जमा सम्पन्न भएको छ ।
समुदायस्तरका स्वयंसेवकहरुको खोज तथा उद्दार र प्राथमिक उपचार सम्बन्धि ज्ञान सीप प्रदान गरी विपद् प्रतिकार्यका लागि क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिम आयोजना गरिएको थियो ।
उक्त तालिममा आधारभूत खोज तथा उद्दार गर्ने विधि, उद्दार सामग्रीहरु प्रयोग, विपद्को अवस्थाको विश्लेषण, आगो र पानीबाट हूने आपत्काल, भारलाई उठाउने र स्थिर पार्ने विधि, महामारीहरु किटजन्य रोगहरु, मनोसामाजिक प्राथमिक उपचार घाइतेको जाँच (बेहोसी), मुटु तथा फोक्सो पुर्नसञ्चालन प्रकृया (सिपिआर), रक्तश्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास समेत गराइएको थियो । उक्त तालिमका क्रममा राप्तीनदीमा कृत्रिम घटना अभ्यास गर्दै सहभागीहरुले दक्षता पूर्वक सीप समेत प्रर्दशन गरेका थियो ।
२ समुहमा सञ्चालन भएको सो तालिममा नरैनापुर, खजुरा, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका महिला पुरुष गरी ४८ जनाको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्धन सिंह ‘सम्झना’को अध्यक्षतामा भएको समापन र उद्घाटन कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेल, उपनिर्देशक एवं कोर्ष कोर्डिनेटर दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गरेका थिए । भने सहजकर्ताहरुमा नेरेसो बाँकेका निरञ्जना मल्ल, सरिता सिंह, रुपन ज्ञवाली, प्रहलाद विश्वकर्मा, झवीलाल शर्मा, सीता ओली, धनराज बुढाथोकी र शुशिल चौधरी रहेका थिए ।