नेपालगन्ज १२ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत हुने नेपाली काँग्रेस बाँकेको निर्वाचनमा काँग्रेसका नेता सुरेन्द्र सापकोटाले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकाछन् ।
नेपाली काँग्रेस बाँकेको जिल्ला पार्टी सचिव भएर काम गरिसकेका सापकोटाले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बेलासपुर निवासी सापकोटाले आफ्नो समाजिक सञ्जाल फेसबुकमा काँग्रेस बाँकेको पार्टी उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसको वडा सचिव, वडा सभापति, नगर सभापति, क्षेत्र नम्बर–३ को क्षेत्रीय सभापति भइ पार्टी जिल्ला सचिव समेत भइसकेका नेता सापकोटा यसपटक जिल्ला उपसभापतिमा आफ्नो उम्मेदवारी रहने बताए ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्–‘लोकतन्त्र, समाजवाद र प्रजातन्त्रलाई आत्मामा राख्दै यहि १४ औं महाअधिवेशनमा नेपाली काँग्रेस जिल्ला बाँकेको उपसभापति पदमा आफ्नो उम्मेदवारी रहेको समस्त मित्रजनहरुमा जानकारीका लागी अनुरोध गर्दछु’, उनले अगाडी लेखेका छन्–‘नेपाली काँग्रेसको वडा सचिव, वडा सभापति, नगर सभापति, जिल्ला सचिव तथा क्षेत्र न–३ को क्षेत्रीय सभापतिका रुपमा पार्टीलाई सेवा प्रदान गरेको तथ्य यहाँहरु सामु बिदित नै छ । जिल्लाका सम्पुर्ण वडा सभापतिज्युहरु एवंम क्षेत्रीय प्रतिनिधीज्युहरुसंग अमूल्य मतको पूर्ण अपेक्षा र बिश्वासका साथ हार्दिक अनुरोध गर्दछु, सबैमा जय नेपाल ।’
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही