काँग्रेस बाँकेको उपसभापतिमा नेता सापकोटाद्वारा उम्मेदवारी घोषणा


काँग्रेस बाँकेको उपसभापतिमा नेता सापकोटाद्वारा उम्मेदवारी घोषणा

नेपालगन्ज १२ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत हुने नेपाली काँग्रेस बाँकेको निर्वाचनमा काँग्रेसका नेता सुरेन्द्र सापकोटाले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकाछन् ।
नेपाली काँग्रेस बाँकेको जिल्ला पार्टी सचिव भएर काम गरिसकेका सापकोटाले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बेलासपुर निवासी सापकोटाले आफ्नो समाजिक सञ्जाल फेसबुकमा काँग्रेस बाँकेको पार्टी उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाली काँग्रेसको वडा सचिव, वडा सभापति, नगर सभापति, क्षेत्र नम्बर–३ को क्षेत्रीय सभापति भइ पार्टी जिल्ला सचिव समेत भइसकेका नेता सापकोटा यसपटक जिल्ला उपसभापतिमा आफ्नो उम्मेदवारी रहने बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्–‘लोकतन्त्र, समाजवाद र प्रजातन्त्रलाई आत्मामा राख्दै यहि १४ औं महाअधिवेशनमा नेपाली काँग्रेस जिल्ला बाँकेको उपसभापति पदमा आफ्नो उम्मेदवारी रहेको समस्त मित्रजनहरुमा जानकारीका लागी अनुरोध गर्दछु’, उनले अगाडी लेखेका छन्–‘नेपाली काँग्रेसको वडा सचिव, वडा सभापति, नगर सभापति, जिल्ला सचिव तथा क्षेत्र न–३ को क्षेत्रीय सभापतिका रुपमा पार्टीलाई सेवा प्रदान गरेको तथ्य यहाँहरु सामु बिदित नै छ । जिल्लाका सम्पुर्ण वडा सभापतिज्युहरु एवंम क्षेत्रीय प्रतिनिधीज्युहरुसंग अमूल्य मतको पूर्ण अपेक्षा र बिश्वासका साथ हार्दिक अनुरोध गर्दछु, सबैमा जय नेपाल ।’