डुडुवा (बाँके) १२ मसिंर : बाँके डुडुवा गाउँपालिका वडा नम्बर–४ सिधनियामा श्रीमदभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको छ । स्थानीय शिवशंकर मिश्रको परिवारद्वारा आयोजित ज्ञान महायज्ञमा संगितमय कथा बाचन समेत भईरहेको छ ।
महायज्ञमा भारत आयोध्याका व्यास पण्डित श्री तुलसीराम शास्त्री महाराज जीको मुखारविन्दबाट कथा श्रवण भइरहेको छ । गत मसिंर ८ गते शुरु भएको ज्ञान महायज्ञ मसिंर १५ गते समापन हुनेछ ।
महायज्ञमा मसिंर ७ गते कलश यात्रा, ८ गते कथा प्रारम्भ, ११ गते भगवानको जन्मोत्सव (लावा) र १५ गते पुर्णाहुति एवं ब्राहम्ण भोज तथा भण्डाराको आयोजना गरिएको आयोजक मिश्रले बताए । उनका अनुसार दैनिक कथा सुन्नका लागि गाउँ आसपासका श्रद्धालुहरुको भिड लाग्ने गर्दछ ।
महायज्ञमा व्यास पण्डित तुलसीराम शास्त्रीको साथमा भारत आयोध्याका विकास शास्त्री, बनारसका श्याम धर, नेपालका पण्डित कृष्णबहादुर शास्त्री र सदानन्द मिश्रको समुहले बाद्यबादनका साथ पुजा पाठ, भजनभाव, किर्तन तथा संगित कथा बाचन गरिरहेको महायज्ञका संयोजक पण्डित रामप्रताप शास्त्री महाराजले गरेकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही