नेपालगन्ज १२ मंसिर : नेपाली काँग्रेस बाँकेको निर्वाचन कार्यक्रम स्थगित गरिएकोछ ।
संघीय निर्वाचन क्षेत्र अधिवेशन सकिएपछि जिल्ला निर्वाचनको अन्तिम तयारी भइरहेका बेला निर्वाचनको कार्यक्रम स्थगित गरिएको हो ।
कार्यतालिका अनुसार भोली (सोमबार) मनोनयन दर्ता र पर्सी(मङ्गलबार) निर्वाचन तय गरिएको थियो । प्रदेश महाधिवेशन र संघीय महाधिवेशन प्रतिनिधि चुनिइसकेकाले प्रदेश र केन्द्रिय महाधिवेशनलाई असर नपर्ने भएका कारण केन्द्रिय निर्वाचन समितिको निर्देशनमा जिल्ला अधिवेशन सारिएको हो ।
प्रदेश अधिवेशन मंसिर १६ मै तय गरिएकाले जिल्ला अधिवेशनको परिणाम पहिलो चरणमा नआए सम्म नहुने देखिएपछि अहिलेलाई प्रदेश महाधिवेशनपछि गर्ने गरी अधिवेशन स्थगित गरिएको सहायक निर्वाचन अधिकृत चित्र बहादुर शाहीले बताए । हाललाई केन्द्रिय निर्वाचन समितिको निर्देशनमा प्रदेश अधिवेशन सम्पन्न नहुँदासम्म जिल्ला अधिवेशन स्थगित गरिएको शाहीले बताए ।
मंसिर १६–१८ मा प्रदेश अधिवेशन हुने र २१ गते केन्द्रिय महाधिवेशनको मनोनयन राखिएकाले अब केन्द्रिय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने देखिएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही