File Photo
नेपालगन्ज १३ मंसिर: चालु आर्थिक वर्षको १३६ दिन अर्थात ४ महिना १२ दिनमा सरकारले ३ खर्ब २१ अर्ब रुपैयाँ खर्च गरेकोछ ।
उक्त बजेट सरकारले चालु शीर्षकमा मात्रै धेरै खर्च गरेको हो । विकास खर्चतर्फ भने सरकारले उल्लेख्य प्रगति गर्न सकेको छैन । चार महिनामा सरकारले कुल खर्च लक्ष्यको ५ प्रतिशत मात्रै खर्च गरेको छ ।
चालुतर्फ भने सरकारले २ खर्ब ५९ अर्ब खर्च गरिसकेको छ । यो कुल खर्च लक्ष्यको १९.६८ प्रतिशत हो । विशेषगरी यो शीर्षकमा तलब भत्ता लगायत नियमित रकम विनियोजन हुने गर्दछ ।
यो अवधिमा सरकारले कुल प्राप्तितर्फ भने ३ खर्ब ८९ अर्ब छ । यो कुल प्राप्ति लक्ष्यको ३१.४१ प्रतिशत हुन आउँछ । विकास खर्चमा प्रगति हुन नसकेपछि चौमासिक समीक्षामा अर्थमन्त्री जनार्दन शर्माले खर्चको मोडालिटी नै परिवर्तन गर्ने बताएका छन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही