नेपालगन्ज १३ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ ।
सोमबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो ।
यसअघि बनाइएको कार्यतालिकामा मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो । तीन नेताबीच आज(सोमबार) भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको हो ।
काँग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ । यसअघि प्रदेश अधिवेशनसंग नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचन जुध्ने भन्दै मनोनय दर्ताको पूर्वसन्ध्यामा स्थिगित गरिएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही