देशभर काँग्रेसको प्रदेश अधिवेशन स्थिगित


देशभर काँग्रेसको प्रदेश अधिवेशन स्थिगित

नेपालगन्ज १३ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ ।

सोमबार प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको छलफलले प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि बनाइएको कार्यतालिकामा मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो । तीन नेताबीच आज(सोमबार) भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको हो ।

काँग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ । यसअघि प्रदेश अधिवेशनसंग नेपाली काँग्रेस बाँकेको जिल्ला निर्वाचन जुध्ने भन्दै मनोनय दर्ताको पूर्वसन्ध्यामा स्थिगित गरिएको छ ।