नेपालगन्ज: मोटरसाईकल दुर्घटनामा गम्भीर घाइते भएकी श्यामकला घर्तीलाई लखनऊ रिफर गरिएकोछ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारार्थ घर्तीको कोहलपुरमा उपचार सम्भव नभएपछि उनलाई लखनउ लगिएको बुझिएकोछ ।
कोहलपुरस्थित साझा चोकमा बिहीबार दुर्घटना हुदाँ उनी गम्भीर घाईते भएकी थिइन भने दुर्घटना स्थलमा कोहलपुरका ६० वर्षीय खड्कबहादुर घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएकोछ ।
मोटरसाइकल र ट्रयाक्टर आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक खड्कबहादुरको मृत्यु भएको हो ।
नेपालगन्जबाट कोहलपुर जाँदै गरेको भे१त ६४६९ नम्बरको ट्रयाक्टर र कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको भे४प ७३२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश