नेपालगन्ज १३ मंसिर : बर्दिया राजापुरका बाढी प्रभावित एक सय ब्यक्तिहरुलाई राहत वितरण गरिएको छ ।
बासको आयोजना, एनआरएनए अष्टे«लियाको सहयोग, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको समन्वयमा सोमबार उक्त राहत वितरण गरिएको हो ।
बर्दिया राजापुर नगरपालिका वडा नम्बर–७ मा रहेका बाढी प्रभावित ब्यक्तिहरुलाई राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, निर्वतमान अध्यक्ष मन भण्डारी, कार्यवाहक कोषाध्यक्ष दीला शाह र बासका पूर्ब बरिष्ठ उपाध्यक्ष सुरेन्द्र शाहीले राहत वितरण गरेका छन् ।
राहत वितरण कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले समस्यामा परेका नागरिकलाई राहत वितरण गरेकोमा धन्याबाद ज्ञापन गरे ।
उनले खाद्यान्न वितरणले बाढी प्रभावित ब्यक्तिहरुलाई केही हदसम्म राहत हुने बताए । बाढी प्रभावित ब्यक्तिहरुलाई गैर सरकारी संस्थाहरुले गरेको सहयोग प्रशंसनीय रहेको उनको भनाई थियो ।
बाढी प्रभावित परिवारलाई प्रदान गरिएको राहतमा प्रति ब्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लीटर खाने तेल र १ किलो नुन रहेको थियो । बासले विभिन्न समयमा आउने बाढी तथा महामारिबाट प्रभावित ब्यक्तिहरुलाई विभिन्न संघसंस्था तथा निकायहरुको सहयोगमा राहत वितरण गर्दै आएको छ ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही